वर्ष २०७६ मा साम्राज्ञीको करिअर कस्तो रह्यो ? | Khabarhub Khabarhub

वर्ष २०७६ मा साम्राज्ञीको करिअर कस्तो रह्यो ?


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यो वर्षभरि चर्चामा रहिन् । खासगरी उनलाई ३ कुराले चर्चामा ल्यायो – फिल्म, देवांश राणासँगको प्रेमसम्बन्ध र बाली काण्ड ।

यस वर्ष साम्राज्ञी सबैभन्दा बढी तनावमा बाली काण्डका कारण परिन् । उनी आफ्ना ब्यायफ्रेण्ड देवांश राणासँग इन्डोनेसियाको बाली घुम्न गएकी थिइन् ।

बालीको समुद्री तटमा रोमान्स गरेका तस्वीरले उनलाई विवादमा ल्याइदियो । ती तस्वीरमा उनी बिकिनी अवतारमा देखिएकी थिइन् । प्रेमी देवांशले चुम्बन गरेका तस्वीर सार्वजनिक भएपछि उनी विवादमा तानिएकी थिइन् ।

यो घटनाले साम्राज्ञीलाई चोट पुर्‍यायो । खबरहबसँगको कुराकानीमा उनले भनेकी थिइन् – मलाई यो घटनाले केही समय डिप्रेसनमा पुर्‍यायो ।

पछिल्लो समय भने साम्राज्ञी देवांशसँग अझ बढी नजिक भएकी छिन् । सामाजिक सञ्जाल टिकटकमा साम्राज्ञीलाई देवांशसँग रमाएको देख्न सकिन्छ ।

यो वर्ष साम्राज्ञीको अभिनय रहेका दुई फिल्म प्रदर्शनमा आए । दुवै फिल्मले उनलाई राहत दिलाएनन् । जबकि, दुवै फिल्मबाट साम्राज्ञीले धेरै अपेक्षा गरेकी थिइन् ।

नवल नेपालको निर्देशनमा तयार भएको फिल्म ‘मारुनी’ ले पनि खासै चर्चा कमाउन सकेन । यसै वर्ष रिलिज भएको उनको अर्को फिल्म ‘रातो टीका निधारमा’ ले पनि दर्शकको साथ पाउन सकेन । दुवै फिल्म व्यावसायिक असफलता हुँदा साम्राज्ञीलाई असर गरेको छ ।

वर्षका दुवै आशा गरिएका फिल्म असफल हुँदा साम्राज्ञीले अब छानेर मात्र फिल्म खेल्ने र वर्षमा एउटा मात्र फिल्ममा काम गर्ने बताएकी छिन् ।

यो वर्ष साम्राज्ञीलाई अन्य दुई कुराले चर्चामा ल्यायो । वर्षभरिमा उनी फिल्मका कारणभन्दा व्यक्तिगत कारणले चर्चामा रहिन् । साम्राज्ञीलाई गाउँले फिल्म खेल्दिनँ भनेको भन्ने आरोपमा विवादको सामना गर्नुपर्‍यो । पछि साम्राज्ञीले आफूले त्यस्तो भन्दै नभनेको भन्दै स्पष्ट नै पार्नुपर्ने अवस्था आयो ।

समग्रमा हेर्दा यस वर्ष साम्राज्ञी फिल्मका कारणले भन्दा बढी व्यक्तिगत चर्चामा रहिन् । जुन चर्चाले साम्राज्ञीको करिअरलाई खासै राहत दिँदैन ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ६ : ४७ बजे

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४

भारतमा दोस्रो चरणको मतदान सुरु

भारत– भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु

अढाई वर्षीया नाबालिका भारतीयलाई बेचियो, पाल्ने जिम्मा लिएकी महिला पक्राउ

काठमाडौं– एकजना अढाई वर्षीया नाबालिकालाई भारत लगेर बेचेको खुलेको छ

भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार

भोजपुर– गरिबीका कारण उपचारबाट बञ्चित भोजपुरको उत्तरी क्षेत्रका दुई स्थानीय