आइफोन बनाउने कम्पनीले अब कोरोना भाइरस प्रतिरोधी मास्क उत्पादन गर्ने | Khabarhub Khabarhub

आइफोन बनाउने कम्पनीले अब कोरोना भाइरस प्रतिरोधी मास्क उत्पादन गर्ने


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइवान– आइफोनसहित अत्याधुनिक प्राविधिक उपकरण बनाउँदै आएको ताइवानको कम्पनी फक्सकनले अब मास्कको उत्पादन थाल्ने भएको छ ।

चीनमा प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ७ सयभन्दा धेरैको ज्यान गएको र अरु हजारौं संक्रमित भएको अवस्थामा फक्सकनले औद्योगिक स्तरमा कोरोना भाइरस प्रतिरोधी मास्कको उत्पादन गर्न लागेको जनाएको छ ।

कम्पनीले सामाजिक सञ्जाल विच्याटमार्फत् विज्ञप्ति जारी गर्दै कोरोना भाइरस विरुद्धको अभियानका क्रममा हरेक सेकेण्ड महत्वपूर्ण रहेको भन्दै यही महिनाको अत्यसम्मबाट हरेक दिन २० लाख मास्कको उत्पादन गर्ने लक्ष्य लिइएको जनाएको छ ।

विज्ञप्तिमा कम्पनीले चीनको सेन्जेन शहरमा मास्क उत्पादनको परीक्षण उत्पादन शुरु गरिसकिएको र केही समयभित्रै यसको पूर्णस्तरमा उत्पादन शुरु गरिने उल्लेख छ ।

कोरोनाभाइरसको महामारी फैलिरहेका कारण विश्वभर मास्कको अभाव हुन थालेको भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेसँगै फक्सकनले मास्कको उत्पादन थाल्ने बताएको हो । यसअघि अमेरिकाको प्राविधिक उपकरण निर्माता कम्पनी जनरल इलेक्ट्रोनिक्सले पनि मास्कको उत्पादन गर्ने जनाएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ८ : ५३ बजे

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास