अनुगमनमा निस्किए मेयर शाक्य | Khabarhub Khabarhub

अनुगमनमा निस्किए मेयर शाक्य


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्र भएका विकास निर्माण र सेवा प्रवाहको स्थलगत अनुगमनलाई निरन्तरता दिएका छन् ।

यस अघि वडा नम्बर ७, ९, १६ र २६ को स्थलगत अनुगमन गरेका मेयर शाक्यले आज वडा नम्बर १० का विभिन्न स्थानको स्थलगत अनुगमन गरेका छन् ।

आफु निर्वाचित भएर आएपछिका अढाई वर्षमा वडामा भए–गरेका विकास निर्माण र कामको प्रत्यक्ष जानकारी लिन अनुगमन थालेको मेयर शाक्यको बताए ।

आज मेयर शाक्यले वडा १० का वडाध्यक्ष रामकुमार केसी, वडाध्यक्षहरु सतिस तण्डकार, सुनिता भित्रकोटी, रोहिनी श्रेष्ठलगायतको टोलीसहित बुद्धनगर, नयाँ बानेश्वर, गंगादेवी मन्दिर, सहभागिता मार्ग, पुजा–प्रतिष्ठान मार्ग, युएन पार्क आसपासको क्षेत्रलगायतका स्थानको निरिक्षण गरेका छन् ।

‘भएका कामको अवलोकनसँगै गर्न बाँकी कामको कार्ययोजना बनाएर योजनाबद्ध रुपमा अघि बढ्नका लागि मैले प्रत्येक वडाको निरिक्षण थालेको हुँ,’ बुद्धनगरमा स्थानीय मतदातासँगै भेटिएका मेयर शाक्यले भने, ‘एकीकृत विकास हुनुपर्छ भनेर हामी लागेका छौँ । जनताको चाहना पनि त्यहि छ । तर, कतिपय ठाउँमा मेलम्ची खानेपानी, सडक विभागलगायतले खन्ने–पुर्ने काम गर्दा समस्या भएको छ ।’

’उनले खाल्टाखुल्टी पुर्ने, सहायक बाटाहरु भत्किएको ठाउँमा तत्काल मर्मत गर्न लगाउने जस्ता निर्देशन पनि निरिक्षणका क्रममा दिने गरेको बताए ।
बुटवल हाइड्रो पावर नजिकैको चार तले घर नजिकै थुपारिएको फोहोरको डंगुर देखाउँदै मेयर शाक्यले भने ‘यति ठूलो घर बनाउने घरधनीले बाटो पनि हाम्रो हो भन्ने हेक्का राख्ने हो र जनप्रतिनिधिको मात्र मुख नताक्ने हो भने सहर निकै सफा हुने थियो ।’

‘वडा नम्बर–१० लाई यो आर्थिक वर्षमा मात्रै तीन करोड रुपैयाँ विनियोजन गरेका थियौं’ शाक्यले भने, ‘अझै थप एक करोड ५० लाख दिने भएकाले बजेट नभएर काम भएन भन्ने सुन्नु नपरोस् ।’ ‘अब सडक वरीपरीका पेटीहरु महानगरपालिकाले नै मर्मत गर्ने तयारी भएको छ,’ उनले भने, ‘बजेट जति चाहिन्छ माग्नुहोस् तर जन अपेक्षा अनुसार काम गर्ने कुरामा कमजोरी नहोस् ।

त्यसैगरी मेयर शाक्यले सिद्धेश्वर महादेव मन्दिर नजिकैका दुई ओटा घरले सडक नै मिचेर संरचना बनाएपछि तत्काल हटाउन वडा सदस्यलाई निर्देशन दिए भने वडा सदस्य तण्डुकारले पनि नगर प्रहरी लगाएर तत्काल हटाउन लगाउने प्रतिवद्धता व्यक्त गरे।

मेयर शाक्यले वडा निरिक्षणका क्रममा विभिन्न वडामा भएका सार्वजनिक जग्गाहरुको समेत लागत राख्ने र वडावासीको माग अनुसार हरियाली प्रर्वद्धन गर्दै कतिपय स्थानमा पार्क निर्माण गर्ने समेत महानगरको योजना रहेको बताएका छन् ।

‘केन्द्रबाट पठाएको बजेट र वडामार्फत पनि परिचालन गरेको बजेटबाट कति काम सम्पन्न भयो । कति सम्पन्न हुन बाँकी छ भन्ने जानकारी लिनका लागि यो अनुगमन गरेका हौँ ।’ उनले भने, ‘यस्ता खाले अनुगमन ३२ वटै वडामा गर्ने तयारी भएको छ ।’

वडा सदस्य तण्डुकारले वडा–१० मा करीब १ सय ३२ रोपनी सार्वजनिक जग्गा रहेको भनिए पनि अहिले १२–१५ रोपनी मात्र पत्ता लागेको भन्दै सबै सार्वजनिक जग्गा खोज्ने बताए ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ५ : ३८ बजे

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई