जिल्ला सभापतिहरुको भेलापछि देउवा ‘गले’, असन्तुष्ट पक्षको माग सम्बोधन गर्न तयार ! | Khabarhub Khabarhub

जिल्ला सभापतिहरुको भेलापछि देउवा ‘गले’, असन्तुष्ट पक्षको माग सम्बोधन गर्न तयार !


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसमा असन्तुष्ट पक्षले जिल्ला सभापतिहरुको भेला राखेपछि सभापति शेरबहादुर देउवाले केही लचिलो हुने संकेत गरेका छन् ।

सोमबारदेखि पार्टी कार्यालय सानेपामा संस्थापन इतर पक्षका जिल्ला सभापतिहरुको भेला र छलफल जारी रहँदा देउवा दबावमा परेका हुन् ।

असन्तुष्ट पक्षको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेलले यसअघि २०७५ माघ १३ गतेको केन्द्रीय कार्यसमिति बैठकमा आफूले पेश गरेको ८ बुँदे लिखित प्रस्ताव बैठकमा प्रस्तुत गर्दा महामन्त्री शशांक कोइराला र प्रकाशमान सिंहले पार्टीमा देखिएको पछिल्लो समस्याबारे जानकारी गराएका थिए ।

त्यसपछि जिल्ला सभापतिहरुले आ–आफ्ना धारणा राखेका थिए ।

जिल्ला सभापतिहरुको भेला वढिजसो पार्टी सभापति देउवा विरुद्ध खनिनमै व्यस्त बनेको थियो ।

पुस ११ गते सभापति देउवा पक्षका केन्द्रीय सदस्यले बहुमतबाट विधानको सदस्यतासम्बन्धी धारा निलम्बन, १४ औं महाधिवेशनको कार्यतालिका जारी गर्नेलगायत निर्णय गरेको थियो ।

एकलौटी ढंगले महाधिवेशन घोषणा र विधान मिच्ने काम देउवाले गरेको भन्दै पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका नेता, केन्द्रीय सदस्य र जिल्ला सभापतिले निर्णय सच्याउनु पर्ने माग राखेका छन् ।

निर्णय सच्याउन दबाब दिन ४५ जिल्ला सभापतिहरूको भेला तेस्रो दिन बुधबार पनि जारी रहेको छ र आजै भेला समापन हुनेछ ।

बहुमत जिल्ला सभापतिहरु पार्टी कार्यालयमा भेला भएर केन्द्रीय कार्यसमितिको बैठका निर्णय सच्याउन माग गरेपछि देउवा दवावमा परेका हुन् । जसका कारण यी निर्णयहरु सच्याउन देउवा केही सकारात्मक देखिएका छन् ।

देउवा निकटका नेता एनपी साउदका अनुसार असन्तुष्ट पक्षलाई पनि सम्बोधन गर्ने गरी सभापति देउवा कार्यतालिका समायोजनमा तयार भएका हुन् ।

पार्टीमा देखिएको समस्या समाधानका लागि दोस्रो तहका नेताहरुले सक्रियता बढाएका थिए ।

सोमबार र मंगलबार नेताहरु एनपी साउद, गगन थापा, चन्द्र भण्डारी, गुरु घिमिरे, गोविन्द शाह, सुरेन्द्र पाण्डे, धनराज गुरुङ, भीष्म आङदाङ्बे लगायतको टोलीले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट गरि समस्या समाधानको पहल गरेको थियो ।

पार्टी देखिएको समस्या समाधान गर्न दुवै नेता सकारात्मक रहेको भेटमा सहभागी नेता एनपी साउदे खबरहबलाई जानकारी दिए ।

‘पार्टीमा देखिएको समस्या समाधानका लागि हामीले पहल गरेका थियौं’ नेता साउदले भने,‘समस्या समाधानका लागि दुबै पक्ष सकारात्मक भएको पयौं ।’

वरिष्ठ नेता पौडेलले भने जिल्ला सभापतिहरुको भेला नभइ परामर्श प्रयोजनका लागि मात्र भएको भेटमा बताएका थिए ।
‘ध्रुबीकरणले पार्टी, प्रजातन्त्रालाई लाभ हुँदैन । समस्याको समाधान वार्ता र छलफलबाट गर्नुपर्छ भन्नेमा दुबै नेता सकारात्मक पायौं’ नेता साउदले भने ।

दुबै पक्ष साझेदारीका आधारमा सहभागितामुलक गर्दै जाने कुरामा साकारात्मक भएका छन् । तर वरिष्ठ नेता पौडेलले भने देउवा पक्षको मिलेर जाने आश्वसनलाई पर्ख र हेरको रुपमा लिएको बताए ।

‘उहाँहरुले(देउवा) पक्षले मिलेर जानुपर्छ त भन्नु भएको छ ’ नेता पौडेलले खबरहबसँग भने,‘हेरौं उहाँहरुको आगामी कदम कस्तो हुन्छ, त्यसै अनुसार अघि बढ्नुपर्छ ।’

कार्यतालिका समायोजमा देउवा तया

संस्थापन पक्षले देउवा असन्तुष्ट पक्षको माग सम्बोधन गर्न तयार रहेको बतायो । देउवा निकटका एक नेताले भने,‘सभापति ज्यू कार्यतालिका समायोजनमा सकारात्मक हुनुहुन्छ, यति भएपछि असन्तुष्ट पक्षको माग पनि सम्बोधन हुन्छ ।’

तर देउवा २०७७ फागुन ७ गतेको महाधिवेशनको तालिकामा भने अडिग रहेको स्रोतको भनाइ छ ।

‘सभापतिले केन्द्रीय समिति बैठकबाट पारित २०७७ फागनु ७ को निर्णयबाट भने पछि हट्नु हुनेछैन’स्रोतले भन्यो तर विधानका निलम्बित धारलाई व्यूताउने विषयमा सहमति गर्न सकिने कुरामा उहाँ सकारात्मक हुनुहुन्छ ।’

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरु अनुपस्थित रहेको केन्द्रीय कार्यसमिति बैठकबाट सभापति देउवाले २०७७ फागुन ७ गतेबाट पार्टी महाधिवेशन, विभागहरुको संख्या थप, तरुण दलको कार्यकाल थप लगायतका निर्णयहरु गरेपछि कांग्रेसको विवाद उत्कर्षमा पुगेको थियो ।

संस्थापन पक्षले गरेको निर्णय सच्याउन चेतावनी दिँदै असन्तुष्ट पक्षले आफू निकटका जिल्ला सभापतिहरुको भेला राखेको थियो ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ४ : १० बजे

पूर्वाञ्चल विश्वविद्यालयकाे १२औँ दीक्षान्त समारोह : सात हजार विद्यार्थी दीक्षित

सुन्दरहरैँचा– पूर्वाञ्चल विश्वविद्यालयको १२०औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा

भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त

भोजपुर – भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले  वेस्ट इन्डिज ए विरुद्धको टी-२०

अमेरिकाले भन्यो : युक्रेन युद्धमा चीनले नसघाएको भए रुस टिक्ने थिएन

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले युक्रेन युद्धमा रुसलाई चीनले दिएको

रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी