बिग्रेडमाथि जीत हात पारेको थ्रीस्टार लिगको तेस्रो स्थानमा उक्लियो | Khabarhub Khabarhub

बिग्रेडमाथि जीत हात पारेको थ्रीस्टार लिगको तेस्रो स्थानमा उक्लियो


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको थ्रीस्टार क्लब लिगको शीर्ष तेस्रो स्थानमा उक्लिएको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ब्रिगेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्रि स्टार शीर्ष तेस्रोमा उक्लिएको हो ।

थ्रीस्टारको जीतमा उत्कृष्ट प्रदर्शन गरेका डिफेन्डर अनन्त तामाङ म्यान प्लेअर अफ दि म्याच घोषित भए ।

बिग्रेडविरुद्ध थ्रीस्टारका शुसान श्रेष्ठ, अनन्त तामाङ र वासियु ओलेन्द्रीराले गोल गरे । थ्रीस्टारका लागि खेलको १५ औं मिनेटमा सुशान्तले गोल गर्दै टिमलाई १–० अग्रता दिलाएका थिए भने खेलको ४१ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै क्लबलाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाए ।

पहिलो हाफमा २–० गोलले अगाडि रहेको थ्रीस्टारका लागि ५८ औं मिनेटमा वासियु ओलेन्द्रीराले गोल गर्दै टिमलाई ३–० को फराकिलो अग्रता दिलाएका थिए ।

थ्रीस्टारका असोक खवासमाथि गलत फाउल गरेपछि ब्रिगेडका दिपक राज सिंहले रातो कार्ड पाएका थिए ।

खेलको ६६ औं मिनेटमा १० खेलाडीमा सिनित भएको बिग्रेडमाथि थी्रस्टारले बाँकी रहेको खेलमा भने गोल थप्न सकेन । तर, खेलको अन्तिम मिनेटमा बिग्रेडका रोशन राना मगरले थ्रिस्टारविरुद्ध एक गोल फर्काएका थिए । दिपकले एक गोल फर्काएसँगै थ्रिस्टारले ३–१ गोलको जीत हात पार्यो ।

जीतसँगै १० अंक जोडेको ललितपुरे क्लब थ्रिस्टार लिगको तेस्रो स्थानमा उक्लिँदा बिग्रेड व्वाइज ५ खेलमा ३ जीत २ मा हारसहित ६ अंकका साथ लिगको सातौं स्थानमा छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  २ : १७ बजे

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा