राजावादीहरुको प्रदर्शनमा राप्रपाले जनायो समर्थन (भिडियोसहित) | Khabarhub Khabarhub

राजावादीहरुको प्रदर्शनमा राप्रपाले जनायो समर्थन (भिडियोसहित)


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाका लागि भएको प्रदर्शनमा पार्टीको ऐक्यवद्धता रहको बताएका छन् ।

सोमबार पार्टी कार्यालय चावाहिलमा पार्टीको झण्डा र चुनावचिन्ह सार्वजनिक गर्न आयोजित कार्यक्रममा थापाले स्वतः स्फूर्तरुपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताएका हुन् ।

उनले राजतन्त्रको पक्षमा भएको आन्दोलनमा पूर्वराजाको कुनै प्रतिक्रिया नआउनुले जनतामा राजतन्त्रमाथिको आस्था र विश्वास बढेर गएको धारणा राखे ।

अहिलको वर्तमान अवस्थामा जनताले परिवर्तन चाहेको भन्दै उनले जनताले राजालाई ल्याएर राजा र जनता मिलेर देश बचाउनुपर्ने उल्लेख गरे । अध्यक्ष थापाले राजसंस्था र हिन्दुराष्ट्र पक्षधरलाई राप्रपाको नेतृत्वमा गोलबद्ध हुन पनि आग्रह गरे ।

कार्यक्रममा राप्रपाका अर्का अध्यक्ष पशुपतिशमशेर राणाले दुईतिहाई बहुमत प्राप्त वर्तमान सरकार दिशाहीन र उपलब्धिविहीन मार्गमा अघि बढेको आरोप लए ।

जनताका लागि वर्तमान सरकारले सिन्का पनि भाच्न नसकेकाले जनतामा निराशा छाएको उनको भना छ । उनले जनताको जनआवाजलाई फराकिलो पार्न राप्रपा प्रतिवद्ध रहेको बताए ।

त्यस्तै राप्रपाका अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाको आन्दोलनलाई राप्रपाले निष्कर्षमा पुर्‍याउने  दाबी गरे ।

कार्यक्रमका अन्य वक्ताहरुले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको देशव्यापी आन्दोलन स्वाभाविक भएको भन्दै यसलाई निष्कर्षमा पुराउनुपर्नेमा जोड दिएका थिए ।

हेरौँ भिडियो

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ८ : ३८ बजे

हर्क साम्पाङ र पूर्वप्रतिनिधिबीच वाकयुद्ध : कागजको बाघ !

सुनसरी- एसियाली विकास बैंक (एडीबी) को ऋण तथा अनुदानमा सञ्चालित

आईपीएल : आज कोलकाता र मुम्बई भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज कोलकाता नाइट राइडर्स

केजरीवालले चुनावी प्रचार गर्न पाउने : यस्ता छन् अदालतका पाँच शर्त

नयाँदिल्ली – मनी लान्ड्रिङ मुद्दामा तीन साताका लागि जमानत पाएका

धरानमा कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र स्थापना

सुनसरी– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले कोशी प्रदेशस्तरीय

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

काठमाडौं– भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको