अनुहारमा चमक छैन ? यसरी चम्किलो बनाउनुहोस् | Khabarhub Khabarhub

अनुहारमा चमक छैन ? यसरी चम्किलो बनाउनुहोस्


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अनुहार मानिसको पहिलो ब्यक्तित्व मानिन्छ । तसर्थ सबैले अनुहारलाई सफा, राम्रो र नरम राख्ने प्रयाश गर्दछन् । तर कतिपय गल्तीले अनुहारको चमक हराउने गर्दछ ।

अनुहार चमकहिन बन्दा मानिसहरु महंगा सौन्दर्य प्रसाधन प्रयोग गर्ने, फेसवास लगाउने, अनुहार धुने जस्ता काम गर्न थाल्छन् । तर, त्यतिले मात्र अनुहारको चमक र्फकदैन । अनुहारको प्राकृतिक चमक फर्काउनका निम्न कुरामा ध्यान दिनु पर्दछ ।

१. अनुहारको चमक हराउनुमा निन्द्रा र सुत्ने शैली जिम्मेवार हुन्छ । कोहि मानिस पर्याप्त निदाउन सकेनन् भने यसले छालाको चमक हराउने गर्दछ । साथै सुत्दा स्वासप्रश्वास प्रक्रियामा बाधा उत्पन्न भए अर्थात पेटको बलले सुतेमा समेत अनुहारको चमक हराउँछ ।

२. यदि सुत्ने सिरानी फोहोर, भद्दा भएमा पनि अनुहारको चमक हराउन सक्छ । सुत्नका लागि सधै रेशमको नरम सिरानी प्रयोग गर्नु उपयोगी मानिन्छ ।

३. अनुहारको चमक बिग्रनुमा ओछ्यानमा पुगेर मोवाइल चलाउने बानी पनि पर्दछ । यसले निन्द्रा बिग्राने त छदैछ साथै अनुहारको चमक पनि हराउँछ । मोवाइलको प्रकाशले समेत अनुहारको छालामा हानी पुर्‍याउँछ ।

४. राती सुत्दा केस खोलेर फिजाउने बानी छ भने त्यसले पनि अनुहारको छालामा केहि न केहि असर गर्दछ ।

यी हुन् अनुहारमा चमक ल्याउने उपाय ?
– आफूमा कहिल्यै कब्जियत हुन नदिनुहोस् ।
– आफ्नो पेट नियमित सफा राख्नुहोस् ।
– पानी एवं झोल पदार्थ पर्याप्त पिउनुहोस् ।
– तारेको, भुटेको र मसलेदार खानेकुरा सेवन नगर्नुहोस् ।
– ताजा फलफूल तथा सब्जी सेवन गर्ने बानी बसाउनुहोस् ।
– रगतलाई सकेसम्म सफा एवं शुद्ध राख्ने उपाय अपनाउनुहोस् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ११ : ४८ बजे

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको