रामेछाप नगरपालिका वडा नम्बर–७ को कार्यालय भवन उद्घाटन | Khabarhub Khabarhub

रामेछाप नगरपालिका वडा नम्बर–७ को कार्यालय भवन उद्घाटन


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप– रामेछाप नगरपालिकाको वडा नम्बर ७, सुकाजोरस्थित वडा कार्यालय भवनको आज उद्घाटन गरिएको छ । नगर प्रमुख नरबहादुर थापा मगरले आज एक कार्यक्रमका बीच भवनको उद्घाटन गरेका हुन् ।

नगरपालिकाको ४५ लाख रुपैयाँको लागतमा दुई आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा गरी एक तले पक्की भवन निर्माण सम्पन्न भएको वडा अध्यक्ष समीर कार्कीले जानकारी दिए ।

भवन उद्घाटन अघि विधिवत पूजा गरिनुका साथै राष्ट्रिय झण्डा लगाइएको थियो । भवन उद्घाटनपछि नगरप्रमुख थापा मगर, उपप्रमुख सिर्जना खड्का, प्रशासकीय प्रमुख रामचन्द्र लाम्घादे, वडा अध्यक्ष कार्कीलगायत भवन निर्माण समितिका सदस्य तथा वडाबासीले कार्यकक्षको अवलोकन गरेका थिए ।

आफ्नै कार्यालय भवन भएसँगै वडाबासीलाई प्रदान गर्ने सेवा सुविधा उपलब्ध गराउन सहज हुने वडा अध्यक्ष कार्कीले बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  १२ : १८ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा