क्यानले सच्यायो खेलाडीहरुको वर्गिकरण | Khabarhub Khabarhub

क्यानले सच्यायो खेलाडीहरुको वर्गिकरण


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीहरुको वर्गिकरण सच्याएको छ ।

शनिबार अनलाइनमार्फत बसेको बोर्ड बैठकले राष्ट्रिय टोलीका अलराउण्डर सोमपाल कामी, अभिनास बोहरा, ललित नारायण राजवंशी, सन्दीप जोराको  वर्गिकरण सच्याएको हो ।

यसअघि सोमपाललाई बी ग्रेडमा राखिएकोमा उनलाई स्तरवृद्धि गर्दै ए मा राखिएको छ भने यसअघि सी ग्रेडमा राखिएका अभिनास बोहरालाई बी ग्रेडमा राखिएको छ  ।

त्यसैगरी ग्रेडमै नपरेका राजवंशीलाई अहिले बी ग्रेडमा राखिएका् छ ।यसअघि बी ग्रेडमा परेका जोरालाई अहिले सी ग्रेडमा घटाइएको छ ।

यस्तै, महिला खेलाडीतर्फ पनि खेलाडीहरुको वर्गिकरण तलमाथि गरिएको छ । सरस्वती चौधरीलाई ग्रेड बी मा र ममता चौधरी र सुमन खतिवडालाई सी ग्रेडमा राखिएको छ ।

खेलाडीको वर्गीकरणमा लापरबाही भएको भन्दै आलोचना भएपछि क्यानले त्यसलाई सच्याएको हो ।

यस्तै, आज बसेको बोर्ड बैठकले राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण मंसिर १० गतेदेखि सुरु गर्ने निर्णय गरेको छ ।
संघको वार्षिक साधारण सभा मंसिर ३ गते गर्ने निर्णय गरेको छ ।

खेलाडी वर्गीकरण सूची

पुरुष –

‘ए’ श्रेणी – पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी,

‘बी’ श्रेणी – सुसन भारी, आरिफ शेख, पवन सर्राफ, अविनास बोहरा

‘सी’ श्रेणी – सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी, ललित राजवंशी, सन्दीप जोहरा

महिला –

‘ए’ श्रेणी – रुबिना क्षेत्रि, नेरी थापा, इन्दु बर्मा,सिता राना मगर, करुणा भण्डारी

‘बी’ श्रेणी – ज्योति पाण्डे, अप्सरी बेगम,रोमा थापा, बिन्दु रावल, कविता जोशी, ऋतु कजौनिया,काजल श्रेष्ठ, सरिता मगर, सरस्वती चौधरी

‘सी’ श्रेणी – कविता कुँवर,डोली भट्ट,अनुराधा चौधरी, सोनु खड्का,अञ्जली चन्द, सोभा आले, सुमन खतिवडा, ममता चौधरी

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ४ : २३ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत