चालु आर्थिक वर्षको तीन महिनमा ७ अर्ब राजश्व संकलन  | Khabarhub Khabarhub

चालु आर्थिक वर्षको तीन महिनमा ७ अर्ब राजश्व संकलन 


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्ष २०७७/७८ को तीन महिनाको अवधिमा कूल रु सात अर्ब ९३ करोड ३० लाख ४२ हजार राजश्व संकलन गरेको छ ।

यस अवधिमा कार्यालयले रु १० अर्ब एक करोड १८ लाख छ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

सङ्कलित राजश्व लक्ष्यमा ७९ दशमलव २४ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । गएको वर्षमा यो अवधिमा कूल रु आठ अर्ब ९९ करोड ३८ लाख नौ हजार राजश्व सङ्कलन गरेको थियो ।

राजश्व सङ्कलनको हिसाबले हेर्दा गत वर्षभन्दा यस वर्ष सो अवधिमा रु एक अर्ब छ करोड सात लाख ५८ हजारले कम हो भने चालु आर्थिक वर्षमा लक्ष्यको भन्दा रु दुई अर्ब सात करोड ८७ लाख ६४ हजारले कम हो ।

भन्सार कार्यालयबाट प्राप्त जानकारीअनुसार सङ्कलित राजश्वमा भन्सार महसुल आयाततर्फ रु तीन अर्ब १७ करोड दुई लाख ९२ हजार, मूल्यअभिवृद्धि कर रु तीन अर्ब ८२ करोड ७८ लाख ३८ हजार, अन्तःशुल्क रु ४६ करोड ३७ लाख ८२ हजार, भन्सार महसुल निर्याततर्फ रु ३९ लाख ५३ हजार, कृषि सुधार शुल्क रु २७ करोड ६३ लाख, भन्सारको अन्य आय रु ९४ लाख ३६ हजार र पूर्वाधार कर रु १८ करोड १४ लाख ४० हजार छन् ।

कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको शुरुको महिनामा सय दशमलव १२ प्रतिशत प्रगति हासिल गरेको छ भने भदौमा ७७ दशमलव ८९ प्रतिशत र असोज महिनामा ७० दशमलव २५ प्रतिशत मात्र प्रगति हासिल भएको जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ४ : ११ बजे

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको