नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो | Khabarhub Khabarhub

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३,४३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हाल नेपालमा कोरोना संक्रमण भएर उपचाररत रहेका मानिसको खंख्या २५ हजार ७ छ।

यीमध्ये १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। १४ हजार २०९ जनाको परीक्षण भएकोमा ३,४३९ जनामा कोरोना संक्रमण भएको पाइएको हो।

योसँगै नेपालमा संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ। यी मध्ये ७२.९ अर्थात् ६८ हजार ६६८ जना निको भएका छन्।

पछिल्लो २४ घण्टामा ११२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म हाल ४ हजार १६४ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६८४ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा १२९६ जना, भक्तपुरमा ९५ र ललितपुरमा २९३ जना नयाँ संक्रमित भेटिएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ५ : ०३ बजे

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन