तीन वैज्ञानिकलाई भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार | Khabarhub Khabarhub

तीन वैज्ञानिकलाई भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- खगोल विज्ञान खासगरी ब्लाकहोलका क्षेत्रमा उल्लेखनीय अनुसन्धान गरेबापत सन् २०२० को भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिने भएको छ ।

नोबेल एसेम्ब्लिका अनुसार रोयल स्वेडिस एकेडेमीले वैज्ञानिकहरु रोजर पेनरोज, राइनहार्ड गेन्जेल र एन्ड्रिया घेजलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो ।

अन्तरिक्ष विज्ञानमा ब्लाकहोलको रहस्यबारे अनुसन्धान गर्नु भएका तीनै वैज्ञानिकले ब्लाकहोलको गुरुत्वाकर्षणका कारण प्रकाश समेत छिर्न नसक्ने दाबी गरेका छन् । ब्लाकहोलको यस क्षेत्रमा पदार्थ आफैंमा विलुप्त हुन्छ ।

पुरस्कृत व्यक्तित्वमध्ये गेन्जेल जर्मनीका हुन् भने घेज अमेरिकी हुन् । अर्का पुरस्कृत वैज्ञानिक पेनरोज बेलायती नागरिक हुन् । उनीहरु तीनै जना खगोल र भौतिक विज्ञानका क्षेत्रमा प्राध्यापक हुन् ।

करिब १ करोड स्वेडिस क्रोनरको यो पुरस्कारको रकममध्ये आधा रोजर पेनरोज र बाँकी आधा अन्य दुई बैज्ञानिकलाई आधा–आधा प्रदान गरिने छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ६ : १४ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा