कोरोनाबारे अफवाह फैलाउने लिम्बु पक्राउ | Khabarhub Khabarhub

कोरोनाबारे अफवाह फैलाउने लिम्बु पक्राउ


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाबारे अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १४ नक्खिपोटका ५१ वर्षीय सुबास सुब्बा लिम्बु रहेका छन्। लिम्बुले युट्युबमा अन्तर्वार्ताको क्रममा कोरोना नभई सरकारले हावा कुरा गरेको बताएका थिए।

उनले कोरोना संक्रमितको मृत्युपछि आफन्तलाई भेट्न नदिई शरिरका विभिन्न अंगहरु बेचबिखन गरी सरकारले भष्ट्राचार गरिरहेको समेत आरोप लगाएका थिए।

सर्वसाधारणलाई सडकमा आन्दोलन गर्न सबै आउनु पर्छ भन्दै समाजमा उत्तेजना फैलाएको, कोरोना भाइरस संक्रमणबारे भ्रम फैलाएको तथा विभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरु दिई शान्ति भंग गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

प्रहरीले उनलाई सोमवार ललितपुर नक्खिपोटबाट पक्राउ गरी कारबाहीको लागि प्रहरी परिसर ललितपुर पठाएको छ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ९ : ४१ बजे

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले