अर्जुनपछि मलाइकामा पनि देखियो कोरोना | Khabarhub Khabarhub

अर्जुनपछि मलाइकामा पनि देखियो कोरोना


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई –  भारतीय कलाकार अर्जुन कपूरले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत आइतवार जानकारी दिए । कोरोना संक्रमण भएपछि उनी आइसोलेसनमा छन् ।

अर्जुनपछि उनकी प्रेमिका मलाइका अरोरामा पनि कोरोना संक्रमण भएको छ ।

मलाइकाले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू कोरोना संक्रमित भएको बताएकी छिन् । ‘मलाई कोरोना पोजेटिभ देखिएको छ, सेल्फ आइसोलेसनमा छु र म स्वस्थ्य रहनेछु,’ उनले सामाजिक सञ्जलमार्फत भनिन् ।

आइतवार अर्जुनले पनि सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै आफू कोरोना संक्रमित भएको र डाक्टरको सल्लाहमा अलग बसेको बताएका थिए ।

उनले कोरोना भाइरसलाई आफूले छिट्टै जित्ने भन्दै फ्यानलाई धन्यवाद समेत दिएका थिए ।

यसअघि बलिउडका अन्य कलाकारमा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो । अमिताभ बच्चन र उनका परिवारका ३ सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरु निको भएर काममा फर्किसकेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ३ : ४५ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई