भारतको मेट्रो रेल सेवा फेरि सुरू | Khabarhub Khabarhub

भारतको मेट्रो रेल सेवा फेरि सुरू


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारीले भारतले सरकारले बन्द गरेको मेट्रो रेल सेवा आज फेरि सुरू भएको छ ।

कोरोना भाइरसको महामारीले भारतमा गत मार्चमा बन्द गरिएको मेट्रो रेल सेवा ६ महिनामा फेरि सुरू गरिएको हो ।

मेट्रोमा यात्रा गर्नेले अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग गर्नु पर्ने व्यवस्था गरिएको छ । मेट्रोभित्र पनि भौतिक दूरी कायम गरेर मात्र यात्रु राखिएको छ ।

हाल दिल्ली र चेन्नाइ मेट्रोले बिहान ७ बजेदेखि ११ बजेसम्म तथा अपराह्न ४ बजेदेखि बेलुका ८ बजेसम्मका लागि सेवा सुरू गरेका छन् ।

मुम्बइ, कोलकाता लगायतका स्थानमा भने महामारी बढी भएकाले जारी लकडाउन अन्त्यपछिको अवस्था विश्लेषण गरेर मात्र निर्णय गरिने भारतीय केन्द्रीय शहरी तथा आवास मन्त्री हरदीप सिंह पुरीले बताएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ९ : ५८ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम