नेसन्स लिगको दोस्रो खेलमा पनि जर्मनी बराबरीमा रोकियो | Khabarhub Khabarhub

नेसन्स लिगको दोस्रो खेलमा पनि जर्मनी बराबरीमा रोकियो


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपियन नेसन्स लिग फुटबलको दोस्रो खेलमा पनि जर्मनी बराबरीमा पनि रोकिएको छ ।

समूह ए फोरमा रहेको जर्मनी आइतबार राति भएको  आफ्नो दोस्रो खेलमा पनि स्वीट्जरल्याण्डसँग १–१ को बराबरीमा रोकिएको हो ।

यसअघि पहिलो खेलमा पनि जर्मनी स्पेनसँग बराबरीमा रोकिएको थियो ।

गएराति सम्पन्न खेलमा १४औँ मिनेटमा आइकेली गुण्डोगानको गोलबाट लिएको अग्रता जर्मनीले जोगाउन नसक्दा अंक बाढ्न बाध्य भयो ।

स्वीट्जरल्याण्डका लागि ५७औँ मिनेटमा सिल्भान विड्मरले बराबरी गोल फर्काए ।

बराबरीपछि जर्मनी २ अंककासाथ समूहको तेस्रो तथा स्वीट्जरल्याण्ड १ अंकका साथ चौथो स्थानमा छ । यो समूहमा स्पेन शीर्ष स्थानमा छ भने युक्रेन दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ७ : १४ बजे

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास