कोरोना परीक्षण गर्न प्रधानमन्त्री ओलीको स्वाब संकलन | Khabarhub Khabarhub

कोरोना परीक्षण गर्न प्रधानमन्त्री ओलीको स्वाब संकलन


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।

प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्रीको सचिवालयका सदस्यको स्वाब संकलन गरिएको छ । यसअघि पनि प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गरिएको थियो । उक्त परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

अहिले प्रधानमन्त्रीको क्लोज कन्ट्रयाक्टमा रहेका सबैको स्वाब परीक्षण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उनको परिवारका सदस्यहरूको कोरोना परीक्षण गरिएको थियो। परीक्षणाका क्रममा प्रचण्डसहित परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको थियो भने उनको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीको रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  २ : ४५ बजे

सुनचाँदीको मूल्य बढ्यो,  कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको