सेती प्रादेशिक अस्पतालको परीक्षणमा १७ संक्रमित थपिए | Khabarhub Khabarhub

सेती प्रादेशिक अस्पतालको परीक्षणमा १७ संक्रमित थपिए


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमित मध्ये ९ जना महिला र ८ जना पुरुष छन् ।

संक्रमित १६ जना कैलालीका र एक जना कञ्चनपुरका रहेको अस्पतालले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ४४९ जनाको कोरोना परीक्षण गरिएको थियो ।

यसैबीच गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्ति मार्फत थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिएको हो ।

नयाँ थपिएका संक्रमित मध्ये कास्कीका १० जना, नवलपरासीका एकजना र स्याङ्जाका एकजनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशले बिहान १० बजेर ३० मिनेट र दिउँसो १२ बजेर ४५ मिनेटमा दुईपटक अपडेट गर्दै १२ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  १ : २८ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि