मंगोलियामा बाढीबाट ८ मानिस र हजारौँ चौपाया मरे | Khabarhub Khabarhub

मंगोलियामा बाढीबाट ८ मानिस र हजारौँ चौपाया मरे


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उलनबाटोर – मंगोलियामा आएको भिषण बाढीमा परेर यहाँका आठ जना नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ । साथै यहाँ सो बाढीका कारण हजारौँ पशु बगेर मरेका छन् । त्यसैगरी यहाँका हजारौँ व्यक्ति घरबारविहीन भएका छन् ।

शुक्रबार र शनिबार मंगोलियाका विभिन्न प्रान्तमा अविरल परेको पानी र त्यसपछि आएको बाढीले आठ जना व्यक्तिको ज्यान गएको र हजारौैँ पशु चौपाया पनि त्यसमा परेर मारिएका बताइएको छ ।

मंगोलियाको दक्षिणी र पूर्वी प्रान्तहरुमा वर्षा र बाढीले बढी क्षति पुर्‍याएको बताइएको छ । यी क्षेत्रका कम्तीमा तीन ओटा प्रान्तमा कम्तीमा पनि सात हजार पशु चौपायाहरु मारिएका छन् ।

ती प्रान्तका २ हजार ३०० भन्दा बढी घर पनि नष्ट भएका छन् । कतिपय बस्ती नै बाढीले बगाएको बताइएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ४ : ११ बजे

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्