नवलपरासीमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप, ६ जना प्रहरी घाइते | Khabarhub Khabarhub

नवलपरासीमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप, ६ जना प्रहरी घाइते


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- पश्चिम नवलपरासीको भारतीय सिमावर्ती बसहीयामा आइतबार साँज स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ ।

प्रतापपुर गाउँपालिका ५ बसहीया नाकामा भारतबाट सामान ल्याउनेक्रममा रोक्न खोजेपछि झडप भएको हो ।

स्थानीयवासीले सशस्त्र प्रहरीलाई ढुङ्गामुढा गरेपछि जवाफमा प्रहरीले हवाई फायर गरेको जनाएको छ। स्थिति नियन्त्रणमा लिन हवाई फायर भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।

भारतीय बजारबाट मल भित्र्याउन रोक लगाएको बहानामा सीमा क्षेत्रमा जम्मा भएका स्थानीयवासीले काममा खटिएका प्रहरीको टोलीमाथि ढुङ्गा र गुलेलीले आक्रमण गरेपछि चार राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए ।

घटनामा ६ सशस्त्र प्रहरी घाइते भएका छन् । तिनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  १० : ५१ बजे

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा