दैलेखमा एउटै गाउँका ८७ जनामा कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

दैलेखमा एउटै गाउँका ८७ जनामा कोरोना भाइरसको संक्रमण


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख – दैलेखमा कोरोना सङ्क्रमणको दर एक्कासि बढेपछि कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै प्रदेश र केन्द्र सरकारसँग तत्काल सङ्क्रमण रोकथामको पहल चाल्न दैलेखका जनप्रतिनिधि र राजनीतिक दलले आग्रह गरेका छन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयले नारायण नगरपालिका र दुल्लु नगरपालिकालाई निषेधाज्ञा जारी गरेको छ । भारतबाट भित्रिएका नागरिकमा कोरोना पुष्टि भइरहेको छ तर सङ्क्रमितहरुको व्यवस्थापन र उपचारमा ध्यान नदिँदा कोराना समुदायस्तरसम्म फैलिनसक्ने खतरा बढ्दै गएको छ ।

नगरभित्रका ११३ मा एकैपटक सङ्क्रमण भएपछि सुरक्षा चिन्ता बढेको हो । शनिबार दुल्लु नगरपालिकामा २६ र महाबु गाउँपालिकामा पाँचमहिने बालिका तथा अठारमहिने बालकसहित १०७ सङ्क्रमित देखिएपछि अहिले दैलेखमा कूल सङ्ख्या ३५२ रहेको छ ।

एकको क्वारेन्टिनमै मृत्यु भइसकेको छ भने एक जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो बिहीबार संक्रमण देखिएका ११३ मध्ये ८७ जना गाउँमै छन् । उनीहरुको स्वास्थ्य अवस्था हेरेर आइसोलेसन अस्पतालमा ल्याउने छलफल चलिरहेको छ ।

भारतबाट आएर क्वारेन्टिनमा बसेकामा एकाएक सङ्क्रमणको जोखिम बढेको हो । जिल्ला सुरक्षा समितिले नारायण नगरपालिकाका विभिन्न क्वारेन्टिनमा बसेकालाई एक साता कटेपछि पिसीआर परीक्षण गर्न स्वाब सङ्कलन गरेर सुर्खेत पठाएको थियो ।

नतिजा आउन ढिलाइ भएपछि उक्त स्वाब जुम्ला गयो । जुम्लाबाट धेरैको शङ्कास्पद छ भनियो तर पुष्टि गरिएन । रिपोर्ट आउन ढिला भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले निर्णय गरेर तिनै क्वारेन्टिनमा बसेकाको पुनः आरडीटी गरेर नेगेटिभ रिपोर्ट आएका जतिलाई घर पठायो ।

घर पुगेको तीन दिन के बितेको थियो, नगरभित्रका ११३ मा सङ्क्रमण पोजेटिभ भनेर रिपोर्ट आयो । तर क–कसको नाम हो भनेर बिहीबार साँझसम्म आएन ।

जिल्ला सुरक्षा समितिले आपतकालीन बैठक राख्यो तर सङ्क्रमित अधिकांश घर पुगेका थिए । बुधबारदेखि उनीहरू घरमै छन् । अहिले दैलेखको नारायण नगरपालिकाका विभिन्न वडामा ८७ सङ्क्रमित घरमै बसेका छन् ।

समस्या केही नभएका कारण उनीहरुलाई घरमै सुरक्षित राख्नेतर्फ जिल्ला सुरक्षा समिति र स्वास्थ्य कार्यालय दैलेख लागेको छ । स्थानीय राजनीतिक दलले सङ्क्रमितमार्फत अन्य वृद्ध र बालबालिकामा सङ्क्रमण फैलिने र दैलेखको अवस्था भयावह हुने भन्दै तत्काल जिल्लाका गाउँपालिका, नगरपालिका सबै सिल गर्नुपर्ने र परीक्षणको दायरा बढाउनुपर्ने माग गरेका छन् ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले यस्तो महामारी रोगलाई पनि सामान्यरूपमा हेरिनुले जनताको स्वास्थ्यमा खेलबाड भएको भन्दै कडा आलोचना गरेका छन् ।

उनका अनुसार यस्तो बेलामा जिम्मेवार निकायले हेलचेक्र्याइँ गर्ने हो भने अवस्था जटिल बन्नसक्छ । केन्द्र वा प्रदेश सरकारले तत्काल दैलेखका बारेमा गम्भीर हुनुपर्ने समन्वय प्रमुख थापाले बताए ।

‘भारतबाट ४२ हजार आउने अनुमान छ । अहिले १२ हजार आइसकेका छन् । यही तथ्याङ्कलाई आधार मान्ने हो भने दैलेखमा धेरैमा सङ्क्रमण देखिन सक्ने जोखिम बढेको छ । हामीले बारम्बार सरकारलाई यो कुरा जानकारी गराएका छौँ ।’ अवस्था भयावह भएको सुन्नुभन्दा सरकारले अहिलेनै विशेषरूपमा हेर्नुपर्ने उनको भनाइ छ ।

अहिले कुन वडामा कति जना सङ्क्रमित पुगेका हुन्, क–कसलाई भेटे भन्नेबारेमा वडाध्यक्षलगायतलाई सुरक्षा चुनौती थपिएको छ ।

पीसीआर परीक्षणमा भएको ढिलाइकै कारण विभिन्न वडा र घरसम्म कोरोना सङ्क्रमण पुगिसकेको छ । तत्काल रोकथामको उपाय अपनाउन नसके दैलेख कोरोनाको ‘इपिसेन्टर’ बन्न सक्ने सम्भावना बढ्दै गएको बताइन्छ ।

सदरमुकामको नारायण नगरपालिकामा मात्रै १९५ मा सङ्क्रमण देखिएपछि सङ्कटकाल घोषणा गर्न स्थानीय जनप्रतिनिधिले पहिला नै माग गरेका थिए ।

जिल्ला सुरक्षा समिति र जनप्रतिनिधिको विवादका कारण सदरमुकाममा कर्फ्यू घोषणा गरिएन, न त सङ्क्रमितको खोजी नै गरियो ।

जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा निरञ्जन पन्तले सङ्क्रमितलाई कुनै पनि लक्षण नदेखिएको अवस्थामा घरमै सुरक्षित बस्न र फोनबाट स्वास्थ्यकर्मीले उनीहरूको अवस्था बुझ्ने काम भएको बताए ।

स्वास्थ्य मन्त्रालयले पनि त्यस्तै निर्देशिका जारी गरेर पठाएकाले यो विषयमा जिल्लामा छलफल भइरहेको उनको भनाइ छ । जनताको स्वास्थ्यमा खेलबाड गर्ने अधिकार कोही कसैलाई नभएकाले तत्काल स्वास्थ्य र सुरक्षाका विषयमा लाग्न महाबु गाउँपालिका अध्यक्ष जङ्गबहादुर शाहीले बताए । – रासस

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  १२ : १३ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम