लागूऔषधसहित पाँच जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित पाँच जना पक्राउ


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्सा, वीरगंज महानगरपालिका-३ स्थितबाट नियन्त्रित लागूऔषध डाइलेक्स डिसी एक सय एमएलको ८७ बोतल, वानरेक्स एक सय एमएलको १ सय ३ बोतल, नाइट्राजेपाम २० पिस, नाइट्राभेट ३६ पिस र सिमप्लेक्स्ट ५७ पिस सहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-३ बस्ने ४६ वर्षीय सन्तोष पटेल, निजकै श्रीमती ३७ वर्षीया बबिता देवी, सोही ठाउँ बस्ने २८ वर्षीय टिँकु श्रीवास्तव, बिन्दवासिनी गाउँपालिका-२ बहुअर्वाभाठा बस्ने २८ वर्षीय राजनाथ यादव र बारा प्रसौनी गाउँपालिका-३ नौतन बस्ने ३२ वर्षीय मुग्रिम साह रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सन्तोष पटेलको घर तलासी गर्दा बिक्री वितरण गर्न लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

महोत्तरी, सम्सी गाउँपालिका-५ पोखरभिण्डाबाट नियन्त्रित लागूऔषध स्पास्मो १६ पिस, नाइट्राभेट ट्याब्लेट २ पत्ता र एक्प्लान ३ बोतल सहित महोत्तरी गाउँपालिका-५ बस्ने २५ वर्षीय श्याम ठाकुर लगायत ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पोखरभिण्डाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ४ : ५६ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड