इरानमा पुनः कोरोना संक्रमणका घटना बढे | Khabarhub Khabarhub

इरानमा पुनः कोरोना संक्रमणका घटना बढे


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान-केही दिनयता इरानमा कोभिड-१९ को महामारी नियन्त्रणउन्मुख भइरहेका बेला पुनः कोरोना संक्रमणका घटना बढ्न थालेका छन् । विहीबार विहान समाचार तयार पार्दा सम्म थप एक हजार ६ सय ८० नयाँ बिरामी देखिएका छन्।

११ अप्रिलयता एकैदिनमा त्यति धेरै नयाँ बिरामी फेला परेको यो पहिलोपटक हो। यससँगै इरानमा कोरोना भाइरस संक्रमणका बिरामी एक लाख नाघेका छन्।

मध्यपूर्वका देशमध्ये कोभिड-१९ को सबैभन्दा ठूलो चपेटामा इरान छ।

“पछिल्ला ३-४ दिनमा कोरोना भाइरस संक्रमणको केस एकाएक बढेको छ,” इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने, “यो मानिसहरू अनावश्यक यात्रामा निस्किनुको परिणाम हुन सक्छ।”

बीबीसीका अनुसार इरानले ११ अप्रिलदेखि लकडाउन खुकुलो बनाएको थियो। र, कम जोखिमवाला इलाकामा मस्जिदहरू पनि खोलेको थियो। पछिल्लो २४ घण्टामा इरानमा कोभिड-१९ का कारण ७८ जनाको मृत्यु भएको छ। त्यससँगै मृतक संख्या ६ हजार चार सय १८ पुगेको छ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ९ : १० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार