कोरोनाको त्रासले नुवाकोटको सिन्दूरे जात्रा स्थगित | Khabarhub Khabarhub

कोरोनाको त्रासले नुवाकोटको सिन्दूरे जात्रा स्थगित


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- सामान्य दिनचर्या भएको भए अहिले नुवाकोटको भैरवी मन्दिर परिसरमा पुजारी, गुभाजु, द्वारे, स्थानीय नेवार समुदाय, लच्याङका तामाङ समुदाय र नेपाली सेनालाई भ्याइनभ्याइ हुन्थ्यो ।

चैत शुक्लपूर्णिमामा सञ्चालन हुने नुवाकोटको सबैभन्दा ठूलो मेला सिन्दूरे जात्रा सञ्चालनको चाँचोपाँचो मिलाउन उनीहरु व्यस्त हुन्थे ।

तर यो वर्ष कोभिङ–१९) रोगको सङ्क्रमण फैलन सक्ने जोखिमले सरकारले लकडाउन गरेको कारण सिन्दूरे जात्रा स्थगित गरिएकोले जात्रासँग सम्बन्धित सबै आआफ्नो घरघरमा लकडाउनलाई पालना गरी बसिरहेका छन् । यो वर्ष जात्रा चैत २८ गते परेको थियो भने चैत २६ गते चैत शुक्लपूर्णिमा तिथी रहेको छ ।

जात्राको शुरु देखिको सबै प्रक्रिया स्थगित गरिएको भैरवी मन्दिरका द्वारे महेन्द्रकुमार शाहीले बताए ।

‘सिन्दूरे जात्रा भनेर प्रमुख जात्रा भए पनि चैते दशैँको भोलिपल्ट देखिनै यसको विभिन्न विधि शुरु हुन्छ । यो वर्ष देवीघाट जाने, अक्षता उठाउने, महाबली लिनेजस्ता कुनै पनि कामहरु गरिएनन्’, द्वारे शाहीले भने ।

नुवाकोटको भैरवी मन्दिर र देविघाटको जालपा मन्दिरमा सञ्चालन हुने यो जात्रा नेपालकै धेरै दिनसम्म चल्ने जात्रामध्ये एक हो । लामो रथयात्रा हुने मेलामा पनि यहाँको भैरवीको रथयात्रालाई लिने गरिन्छ ।

त्रैयोदशीमा लिंगो उठाउने, चतुर्दशीको दिन भैरवीको रथ यात्रासहित देविघाटको जालपा मन्दिर जाने, त्यहाँ पूर्णिमाको दिन बिहान पूजालगायत भोग खाने, परेवाको दिन खाल्चा र द्धितीयको दिन नुवाकोटको भैरवी मन्दिरमा सिन्दूरे जात्रा गरिने यो अवसरमा हजारौँको सहभागिता हुने गर्दथ्यो । रथयात्राको क्रममा बाटोमा रथपूजा र धामीधमिनीको पूजाको लागि हजारौँ सहभागी हुने गर्दथे ।

कोरोनाको जोखिम बढ्ने भएकाले स्थागित गरिएको जात्रा गुभाजुलाई हेराएर वैशाख शुक्ल पूर्णिमामा पनि गर्न सकिने भएकाले स्थिति सामान्य भए वैशाखमा मेला गर्न सकिने द्वारे शाहीले बताउनुभयो । सिन्दूरे जात्रा २०११ सालमा तत्कालीन राजा त्रिभुवनको निधन हुँदा स्थागित भएको थियो ।

हजारौं जात्रालु जिल्लाभर र अन्य जिल्लाबाट पनि आउने मेला भएकोले अहिलेको अवस्थामा स्थगित गर्नुको विकल्प नभएको नुवाकोट सम्पदा मञ्चका अध्यक्ष पुष्कर शर्मा रिमालले बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  १० : २९ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा