निक साइमन इन्स्टिच्यूद्वारा सरकारलाई भेन्टिलेटर र पीपीई हस्तान्तरण | Khabarhub Khabarhub

निक साइमन इन्स्टिच्यूद्वारा सरकारलाई भेन्टिलेटर र पीपीई हस्तान्तरण


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निक साइमन इन्स्टिच्यूटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १ हजार थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र १० वटा पोर्टेबल भेन्टिलेटर सहयोग गरेको छ ।

निक साइमनका सीईओ डाक्टर अनिल श्रेष्ठले स्वास्थ्य मन्त्रालयमा पुगेर उक्त स्वास्थ्य सामाग्रीहरू स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन् ।

निक साइमनबाट सहयोगमा प्राप्त पीपीई तथा भेन्टिलेटर स्वास्थ्य सेवा विभागले आवश्यकता परेका अस्पतालमा पठाउने तयारी गरेको विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले खबरहबलाई बताए ।

‘निक साइमनले पिपिइ र केही भेन्टिलेटर सहयोग गरेको छ, आज हस्तान्तरण भए पनि पीपीईहरु यसअघि नै विभागमा आइसकेको थियो । हामीले पीपीईहरु अस्पतालको आवश्यकता अनुसार वितरण गरिसकेका छौं,’ विभागका महानिर्देशक श्रेष्ठले भने, ‘भेन्टिलेटरहरु प्रदेशका अस्पतालमा भोलि (बुधबार) पठाउने तयारी गरेका छौं ।’

विभागका महानिर्देशक श्रेष्ठका अनुसार सहयोगस्वरुप प्राप्त १० वटा भेन्टिलेटर धनगढी, सुर्खेत, बुटवल र बाग्लुङ मा २–२ वटाका दरले पठाउने तयारी भएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  १ : ४० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम