कुनकुन देशमा फैलियो कोरोनाको संक्रमण ? | Khabarhub Khabarhub

कुनकुन देशमा फैलियो कोरोनाको संक्रमण ?


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विभिन्न ९७ देशमा पुगेको छ ।

महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणले अहिले एक लाख २ हजार ५० जना मानिस बिरामी छन् । जसमध्ये १ सय ३ जना नयाँ संक्रमित हुन् ।

कोरोनाकै कारण विश्वभरमा ३ हजार ४ सय ९४ जनाले ज्यान गुमाएका छन् ।

चीनको वुहान प्रान्तबाट फैलिएको यो भाइरसको संक्रमण सबैभन्दा बढी चीनमै छ । चीनमा अहिलेसम्म ८० हजार ८ सय ५१ जना संक्रमित छन् । जसमध्ये ९९ जनामा नयाँ संक्रमण देखिएको छ ।

कोरोनाकै कारण चीनमामात्र ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको छ ।

चीनपछि दोस्रो बढी संक्रमण फैलिएको मुलुक दक्षिण कोरिया हो । दक्षिण कोरियामा ६ हजार ५ सय ९३ जनामा संक्रमण छ भने ४३ जनाको मृत्यु भएको छ ।

त्यस्तै इरानमा ४ हजार ७ सय ४७ जनामा संक्रमण फैलिएको छ भने १२४ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै इटालीमा ४ हजार ६ सय ३६ जनामा संक्रमण फैलिएको छ भने १९७ जनाको मृत्यु भएको छ ।

अमेरिकामा ३ सय २१ जनामा संक्रमण देखिएको छ । जसमध्ये २ जना नयाँ संक्रमित हुन् । कोरोनाकै कारण अमेरिकामा १५ जनाले ज्यान गुएका छन् । त्यस्तै बेलायतमा १ सय ६४ जनामा संक्रमण देखिएको छ भने २ जनाको ज्यान गएको छ ।

अफगानिस्तानमा १ जनामा यसको संक्रमण भएको पुष्टि भएको छ । अल्जेरियामा १२ जना, अन्डोरामा एक जना, अर्जेन्टिनामा २ जनामा कोरोनाको संक्रमण भएको पाइएको छ ।

त्यसैगरि अरमेनियामा एक जना, अस्ट्रियामा ४१ जना संक्रमित भएका छन् । अस्ट्रेलियामा ५२ जना संक्रमित छन् भने २ जनाको ज्यान नै गएको छ ।

बहराइनमा ४९ जना संक्रमित छन् भने ब्रुसेलमा ६ जना संक्रमित छन् । बेल्जियममा एक सय नौ जना र भुटानमा एक जना संक्रमित भेटिएका छन् ।

त्यस्तै बोस्निया र हरजिगोभिनामा एक जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यस्तै ब्राजिलमा ८, चेलीमा ५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

कम्बोडियामा १, क्यानडामा ५१, क्रोएसियामा ६ जनामा संक्रमण देखिएको छ ।

चेक रिपब्लिकमा १२, डेनमार्कमा ३, डोमिनिकम रिपब्लिकमा २, इक्युडरमा १३, इजिप्टमा १५ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी इस्टोनियामा एक, फिनल्याण्डमा ३, गोरजियामा एकजनामा संक्रमण देखिएको छ । फ्रान्समा ४ सय २३ संक्रमित छन् भने ९ जनाको ज्यान गइसकेको छ । जर्मनीमा संक्रमित हुनेको संख्या ५३४ पुगेको छ भने ग्रीसमा ३१ पुगेको छ ।

हङकङमा १०३ संक्रमित छन् भने २ जनाको ज्यान नै गएको छ । हंगेरीमा पनि एक जनामा संक्रमण भएको पाइएको छ ।

आइसल्याण्डमा संक्रमितको संख्या २६ पुगेको छ भने भारतमा ३१ जनामा संक्रमण भएको पाइएको छ । त्यस्तै इण्डोनेसियामा २, आयरल्याण्डमा १३, इजरायलमा १७ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै जापानमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । संक्रमितको संख्या १ हजार ४५ पुगेको छ ।

जजजोर्डन, लतभिया, लिथुनिया, लग्जम्बर्ग, मोनाकोमा एकएक जनामा संक्रमणदेखिएको छ भने कुवेतमा ५८, लेबनानमा १३, मकाउमा १०, मलेसियामा ५०, म्याक्सिकोमा ५ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै मोरक्कोमा १६, न्यूजिल्याण्डमा ४, नाइजेरियामा १, नर्थम्यासिडोनियामा १, नर्वेमा १५ जनामा संक्रमण देखिएको छ । नेदरल्याण्डमा ८२ जनामा संक्रमण देखिएको छ भने, एक जनाले ज्यान गुमाएका छन् ।

ओमानमा १६ जना, पाकिस्तानमा ६ जना, प्यालेस्टाइनमा १६ जना, पेरुमा १ जना, पोल्याण्डमा ५ जना, पोर्चुगलमा ८ जना, कतारमा ७ जना, रोमानियामा ३ जनामा संक्रमण देखिएको छ । फिलिपिन्समा ३ जनामा संक्रमण र १ जनाको मृत्यु भएको छ ।

ररसियामा १३, सनमारिनोमा १, साउदी अरेबियामा ५, सेनेगलमा २, सिंगापुरमा १३०, स्लोभियामा १, स्वीडेनमा ५२, दक्षिण अफ्रिकामा १ जनामा संक्रमण देखिएको छ ।

स्पेनमा २ सय ६३ जनामा संक्रमण हुँदा ४ जनाको मृत्यु भएको छ । श्रीलंका, ट्युनिसिया, युक्रेन, भ्याटिकनमा पनि एक, एक जनामा संक्रमण देखिएको छ ।

स्वीटजरल्याण्डमा १ सय ८१ मा संक्रमण देखिएको छ । एक जनाले ज्यान गुमाएका छन् । त्यस्तै ताइवानमा ४४ जना संक्रमति छन् भने एक जनाको मृत्यु भएको छ ।

थाइल्याण्डमा ४८ जना संक्रमित छन् भने एक जनाको ज्यान गएको छ । त्यस्तै संयुक्त अबर इमिरेर्टसमा २७ जनामा संक्रमण देखिएको छ भने भियतनाममा पनि १६ जनामा संक्रमण देखिएको छ ।

९७ देशमा एक लाख २ हजार ५० संक्रमित हुँदा १ सय ३ जना नयाँ संक्रमित देखिएका छन् । जसमध्ये ६ हजार १ सय ५३ जना गम्भीर अवस्थाका बिरामी छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ८ : ०७ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत