चीनमा रहेका नेपाली विद्यार्थीको याचनाः हामीलाई कोरोनाको संक्रमण छैन, उद्दार गरियोस (भिडियोसहित) « Khabarhub

चीनमा रहेका नेपाली विद्यार्थीको याचनाः हामीलाई कोरोनाको संक्रमण छैन, उद्दार गरियोस (भिडियोसहित)


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको प्रकोप फैलिरहेको चीनमा रहेका नेपाली विद्यार्थीहरुले आफूहरुलाई जतिसक्दो चाँडो घर फर्काउन अपिल गरेका छन् ।

चीनकाे बुहानमा रहेको मिन्जु युनिभर्सिटीमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीले उद्दारका लागि सामुहिक आग्रह गरेका हुन् ।

उनीहरुले सामूहिक भिडियो सन्देश जारी गर्दै उद्दारका लागि नेपाल सरकारसमक्ष यस्ताे अपिल गरेका हुन् ।

आफूहरु दुई हप्तादेखि क्वारेन्टाइनमा बसिरहेको भन्दै उनीहरुले खानपिउन पनि समस्या भएको बताएका छन् ।‘हाम्रा बाबु-आमा, घरपरिवार पनि निकै चिन्तित भएका छन्’, उनीहरुले भनेका छन् ।  ‘हामी पनि खानपिनको समस्याले निकै तनावमा छौं जतिसक्दो चाँडो उद्दार गरियोस् ।’

उनीहरुले आफूहरु दुई हप्तादेखि क्वारेन्टाइनमा स्वस्थ रहेका बताएका छन् । उनहरुले आफूहरुलाई कोरोना भाइरसको संक्रमण नभएको भन्दै यथासक्य चाँडो उद्धारको माग गरेका छन् ।

उनीहरुले भनेका छन्,’ढुक्क हुनुस् हामी तपाईहरुलाई रोग सार्दैनौं।’

सरकारले १ सय ८० जना विद्यार्थीलाई नेपाल फर्काउने भनेपनि अहिलेसम्म उद्दार गरेको छैन । उनीहरुलाई ल्याउनका लागि  नेपाल सरकारले तयारी गरे पनि राख्ने ठाउँकाे निर्क्योल नहुँदा ल्याउन सकेको छैन ।

चीनमा रहेका नेपाली विद्यार्थीको गुहार हेर्नुस् भिडियोमा 

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १० : ४२ बजे

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

काठमाडौं– रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई

चुनावको मुखमा इन्सास राइफल र गोलीसहित एकजना समातिए

भक्तपुरः सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश

मौनअवधि उल्लङ्घन हुन थालेपछि झापा-५ मा प्रहरीको सक्रियता (तस्बिरहरू)

काठमाडौं– निर्वाचनको दिन नजिकिएसँगै देशभर मौनअवधि लागु भएको छ ।

फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

एजेन्सी– फिलिपिन्सको मनिलाबाट करिब दुई घण्टा दक्षिणपूर्वको दुरीमा मंगलबार हेलिकप्टर

आदिवासी जनजाति ‘पैसामा बिक्ने र किन्न सकिने’ भनेपछि विवादमा सोविता

चितवन- नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद् सचिवालय, चितवनले राष्ट्रिय