चीनमा रहेका नेपाली विद्यार्थीको याचनाः हामीलाई कोरोनाको संक्रमण छैन, उद्दार गरियोस (भिडियोसहित) | Khabarhub Khabarhub

चीनमा रहेका नेपाली विद्यार्थीको याचनाः हामीलाई कोरोनाको संक्रमण छैन, उद्दार गरियोस (भिडियोसहित)


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको प्रकोप फैलिरहेको चीनमा रहेका नेपाली विद्यार्थीहरुले आफूहरुलाई जतिसक्दो चाँडो घर फर्काउन अपिल गरेका छन् ।

चीनकाे बुहानमा रहेको मिन्जु युनिभर्सिटीमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीले उद्दारका लागि सामुहिक आग्रह गरेका हुन् ।

उनीहरुले सामूहिक भिडियो सन्देश जारी गर्दै उद्दारका लागि नेपाल सरकारसमक्ष यस्ताे अपिल गरेका हुन् ।

आफूहरु दुई हप्तादेखि क्वारेन्टाइनमा बसिरहेको भन्दै उनीहरुले खानपिउन पनि समस्या भएको बताएका छन् ।‘हाम्रा बाबु-आमा, घरपरिवार पनि निकै चिन्तित भएका छन्’, उनीहरुले भनेका छन् ।  ‘हामी पनि खानपिनको समस्याले निकै तनावमा छौं जतिसक्दो चाँडो उद्दार गरियोस् ।’

उनीहरुले आफूहरु दुई हप्तादेखि क्वारेन्टाइनमा स्वस्थ रहेका बताएका छन् । उनहरुले आफूहरुलाई कोरोना भाइरसको संक्रमण नभएको भन्दै यथासक्य चाँडो उद्धारको माग गरेका छन् ।

उनीहरुले भनेका छन्,’ढुक्क हुनुस् हामी तपाईहरुलाई रोग सार्दैनौं।’

सरकारले १ सय ८० जना विद्यार्थीलाई नेपाल फर्काउने भनेपनि अहिलेसम्म उद्दार गरेको छैन । उनीहरुलाई ल्याउनका लागि  नेपाल सरकारले तयारी गरे पनि राख्ने ठाउँकाे निर्क्योल नहुँदा ल्याउन सकेको छैन ।

चीनमा रहेका नेपाली विद्यार्थीको गुहार हेर्नुस् भिडियोमा 

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १० : ४२ बजे

हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने

बागमती– बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई महिलामैत्री र

दलहरूलाई पूर्वराष्ट्रपति यादवको सन्देश : अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका

गुल्मीमा विद्युत् महसुलमा दिँदै आएको अनुदान रकम कटौती

गुल्मी– गुल्मीको मदाने गाउँपालिकाले स्थानीय नागरिक र सामुदायिक खानेपानी योजनाका

बहुविवाहको मुद्दामा समातिए एमाले केन्द्रीय सदस्य शेर्पा

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्