एशिया हेर्ने एमसीसीका सहायक उपाध्यक्ष ब्रुक्स काठमाडौंमा | Khabarhub Khabarhub

एशिया हेर्ने एमसीसीका सहायक उपाध्यक्ष ब्रुक्स काठमाडौंमा


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को युरोप, एशिया, प्रशान्त र ल्याटिन अमेरिकाका लागि सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स चार दिने भ्रमणका क्रममा शुक्रबार काठमाडौं आएका छन् ।

अमेरिकी अनुदान सहयोगअन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको सम्झौताका विषयमा नियमित परामर्शका लागि सहायक उपाध्यक्ष ब्रुक्स काठमाडौं आएका हुन् ।

काठमाडौंमा रहँदा उनले एमसीसी र मिलेनियम च्यालेञ्ज अकाउण्ट नेपाल (एमसीए नेपाल) पदाधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङसहित सरकारी अधिकारीसँग भेटवार्ता गर्नेछन् ।

सन् २००४ मा स्थापित अमेरिकी सरकारको स्वतन्त्र निकाय एमसीसीले कठिन मापदण्ड पूरा गर्ने देशहरुलाई आर्थिक वृद्धिमार्फत् गरिबी न्यूनीकरण गर्नका लागि अनुदान दिँदै आएको छ ।

नेपाल र अमेरिकाबीच २०७४ भदौ महिनामा ५० करोड अमेरिकी डलरको अनुदान सहमतिमा हस्ताक्षार भएको थियो ।

एमसीसी परियोजना विशुद्ध रूपमा आर्थिक विकासमा केन्द्रित रहेको छ । विद्युत्‌को लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत आर्थिक विकासलाई सघाउने परियोजनाको लक्ष्य हो ।

अमेरिकी कानुनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ । नेपालले सहमति भइसकेका परियोजनाहरूमा उक्त रकम पारदर्शी रूपमा खर्च गर्नुपर्ने प्राबधान छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ९ : ३२ बजे

केजरीवालले चुनावी प्रचार गर्न पाउने : यस्ता छन् अदालतका पाँच शर्त

नयाँदिल्ली – मनी लान्ड्रिङ मुद्दामा तीन साताका लागि जमानत पाएका

धरानमा कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र स्थापना

सुनसरी– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले कोशी प्रदेशस्तरीय

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

काठमाडौं– भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको

संसद्को संयुक्त बैठकलाई जेठ १ गते राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते मङ्गलबार सङ्घीय

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौँडा– बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो