‘तपस्वी’ रामबहादुर बमजन फरार, आश्रमबाट निकट सहयोगी ‘तोपचेन’ पक्राउ « Khabarhub

‘तपस्वी’ रामबहादुर बमजन फरार, आश्रमबाट निकट सहयोगी ‘तोपचेन’ पक्राउ


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– तपस्वीको रुपमा चिनिँदै आएका रामबहादुर बम्जनलाई पक्राउ गर्न गएको प्रहरीले उनका निकटतम सहयोगी ज्ञानकुमार भोमजनलाई नियन्त्रणमा लिएको छ । अदालतबाट पक्राउ पूर्जी जारी भएपछि बमजन भने फरार भएका प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुरोधका आधारमा शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले सिन्धुलीस्थित बमजनको आश्रममा सर्च अपरेशन चलाएको थियो ।

खोजीका क्रममा बमजन फेला नपरेपछि आश्रममा ‘तोपचेन’ नामले चिनिने ज्ञानकुमार भोमजनलाई ‘बोलाएर ल्याइएको’ सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जु सिग्देलले खबरहबलाई जानकारी दिइन् ।

‘सर्लाही प्रहरीको अनुरोधमा हामीले आज (शुक्रबार) बिहानैदेखि आश्रममा सर्च अपरेशन चलाएका थियौं । खोजीका क्रममा बमजन नभेटिएपछि उनका निकट सहयोगीलाई बोलाएका छौं,’ एसपी सिग्देलले खबरहबसँग भनिन्, ‘अहिले बमजनका सहयोगीसँग सोधपुछ भइरहेको छ ।’

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले शुक्रबार बिहानदेखि कमलामाई नगरपालिका–८ पैरेस्थित बम्जनको आश्रममा खोजी शुरु गरेको थियो । खोजीका क्रममा अनुयायीहरुले ‘असहयोग’ गरेपछि बमजनलाई फेला पर्न नसकिएको आश्रम पुगेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एक अधिकारीले जानकारी दिए ।

बम्जनमाथि व्यक्ति बेपत्ता पारेको, महिला अनुयायीमाथि जबरजस्ती करणी गरेकोलगायत आरोप छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको निवेदनानुसार जिल्ला अदालत सर्लाहीले बिहीबार मात्रै बम्जनलाई पक्राउ गर्न अनुमति प्रदान गरेको थियो ।

प्रहरीले गित डेढ वर्षदेखि बम्जनविरुद्ध अनुसन्धान गरिरहेको छ । गत वर्ष नै बम्जनविरुद्ध आश्रमका केही महिला अनुयायी (आनी)सहितका व्यक्तिलाई बेपत्ता पारेको उजुरी परेको थियो ।

बम्जनविरुद्ध नुवाकोटकी कर्मा तामाङ, सर्लाहीकी रिता बोट, मकवानपुरकी फूलमाया रुम्बा, सुरेश आलेमगर र सञ्चमान वाइवालाई बेपत्ता पारेको आरोप छ ।

व्यक्ति बेपत्ता तथा हत्या गरेको उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुन्धान ब्यूरो (सीआईबी)ले समेत बम्जनविरुद्ध अनुसन्धान गरिरहेको छ ।

सीआईबीसहित प्रहरीको टोलीले गत वर्षको पुसमा समेत बम्जनको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको बाडेगाउँस्थित आश्रममा छापा मारेको थियो । सीआईबीको टोलीले त्यतिबेला केही महत्वपूर्ण प्रमाण फेला पारेको बताएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ११ : ५५ बजे

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको