अध्यक्ष ओलीले पार्टीलाई अपमान गरेको प्रचण्डको आरोप | Khabarhub Khabarhub

अध्यक्ष ओलीले पार्टीलाई अपमान गरेको प्रचण्डको आरोप


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा रहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली पार्टी एकतामा गम्भीर नदेखिएको आरोप लगाएका छन् ।

उनले पार्टी कमिटीको बैठक बोलाउन निवेदन हाल्नुपर्ने परिस्थिति आएको भन्दै ओलीले पार्टीलाई अपमान गरेको तथा पार्टी एकतामा गम्भीर नदेखिएको आरोप लगाएका हुन ।

आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले निवेदन हाल्नुपर्ने अवस्था पार्टीकै लागि लज्जाबोधको विषय भएको समेत टिप्पणी गरे।

बैठकमा दाहालले दोस्रो पुस्तालाई नेतृत्वमा ल्याउन आफूले अध्यक्ष पद त्याग्न तयार रहेको पनि बताएका थिए ।

यसअघि गत १३ मंसिरमा बसेको पार्टी सचिवालय बैठकमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू दोस्रो पुस्तामा नेतृत्व दिन तयार रहेको बताउँदै प्रचण्ड तयार भए नभएकोबारे प्रश्‍न उठाएका थिए।

अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा अध्यक्ष र प्रधानमन्त्रीको पदभन्दा ठूलो गणतन्त्रको रक्षा र पार्टी एकता बचाउने काम भएकाले आफ्ना लागि पद गौण कुरा भएको बताए।

अध्यक्ष दाहालले आफूले पेस गरेको प्रस्ताव फिर्ता नलिने बैठकमा बताए । अर्का अध्यक्ष ओलीले उनको प्रस्तावलाई अभियोग पत्र र ‘आरोप पत्र’ भनिरहेका बेला उनले त्यो प्रस्ताव फिर्ता नुहने मत राखेका हुन्।

बैठकमा सचिवालय सदस्य ईश्वर पोखरेलले ओलीले पठाएको पत्र पढेर सुनाएका थिए ।

यस्तो छ अध्यक्ष ओलीको पत्र

स्थायी कमिटी सदस्य भीम रावलले ओली भौतिक रूपमा उपस्थित नभए पनि पत्र पठाएपछि त्यसलाई उपस्थिति नै मान्नुपर्ने तर्क गरेका थिए ।

स्थायी कमिटीको बैठकपछि सञ्चारकमीसँग कुराकानी क्रममा उनले भने, ‘उहाँले आजको बैठकमा पत्र पठाएपछि आएसरह नै हो। बैठकमा आगामी बैठकमा आउनुहुन्छ, लपार्टीभित्र देखिएका समस्या समाधानका लागि गम्भीर रुपमा छलफल गरेर जानुपर्छ।’

पार्टीभित्रको संकट स्थायी कमिटी र केन्द्रीय कमिटी बसेर नै समाधान गर्नुपर्ने उनले बताए । भने, ‘उहाँले पत्रमा बैठक बहिष्कार गर्छु भन्नुभएको छैन।’

रावलले अध्यक्ष दाहालले सम्बोधनका क्रममा पार्टी एकतामा नै सबैजना दृढ हुनुपर्ने मत राखेको बताए।

दाहालले बैठकमा एकताको विकल्प एकता नै भएको चर्चा गर्दै मिलेर जानुमा नै सबैको भलो हुने धारणा राखेको रावलले सुनाएका थिए ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मङ्सिर २८ गतेसम्म बैठक स्थगित गर्ने निर्णय भएको जानकारी गराए । यसअघि मङ्सिर २५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक पुस ५ गते बस्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ७ : ४८ बजे

काठमाडौं र अपराध अनुसन्धानका प्रमुख आठ महिनामै फेरिए

गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

काठमाडौं– सरकारले आइतबार देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको

डीआईजी चन्दलाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं- गृहमन्त्रालयले डीआईजी दुर्गा सिंह चन्दलाई गण्डकी प्रदेश प्रमुखमा सरुवा

अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

काबुल– हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७०

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको