अस्ट्रेलिया विरुद्धको टी-२० शृंखला भारतले जित्यो | Khabarhub Khabarhub

अस्ट्रेलिया विरुद्धको टी-२० शृंखला भारतले जित्यो


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– भारतले अस्ट्रेलिया विरुद्धको टी-२० सिरिज जितेको छ । भारतले तीन खेलको शृंखलामा निर्णायक २–० अग्रता लिएको हो । उसले शृंखलाको दोस्रो खेलमा अस्ट्रेलियालाई ६ विकेटले हरायो ।

भारतले एक खेल अगाडि नै तीन खेलको सिरिज पक्का गरेको हो ।

सिड्नी क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेको भारतसामु २० ओभरमा ५ विकेट गुमाएर अष्ट्रेलियाले १९५ रनको लक्ष्य दिएको थियो ।

अष्ट्रेलियाका लागि सर्वाधिक मेथ्यु वेडले ५८ रनको अर्धशतकिय पारी खेले । त्यस्तै स्टीभ स्मिथले ४६ रन बनाए भने भारतका तर्फबाट टी नटराजनले २० रन खर्चिएर २ विकेट लिए ।

अष्ट्रेलियाले ११ ओभरमा १०० रनको आँकडा पार गरेकाे थियो । अष्ट्रेलियाका लागि सर्टले ९ रन बनाए भने म्याक्सवेलले २२ र हेन्रिकेसले २६ रन बनाए । स्टाइनिसले १६ र साम्सले ९ रन बनाएका थिए ।

जवाफमा भारतले १९ ओभर चार बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

बलियो सुरुवात गरेको भारतले ५६ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर लोकेश राहुल ३० रनमा आउट भए । त्यसपछि शिखर धवन ५२ रनमा पेभेलियन फर्किएपछि भारतले ९५ रनमा दोस्रो विकेट गुमायो ।

त्यसपछि सञ्जु सामसन मात्र १५ रनमा आउट भए भने कप्तान विराट कोहलली ४० रन बनाए । एक सय ४९ रनमा चार विकेट गुमाएको भारतलाई अन्तिममा हार्दिक पाण्ड्याले सम्हालेका थिए ।

हार्दिकले २२ बलमा तीन चौका र दुई छक्काको पद्दतले ४२ रन बनाए । यस्तै श्रेयस ऐयरले १२ रनको योगदान गरे ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ६ : ५८ बजे

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड