चुनावी परिणाम आइरहँदा अमेरिकामा दैनिक संक्रमण वृद्धिमा कीर्तिमान « Khabarhub

चुनावी परिणाम आइरहँदा अमेरिकामा दैनिक संक्रमण वृद्धिमा कीर्तिमान


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिका राष्ट्रपतीय पदको चुनावी सरगर्मीमा रहँदा कोरोना भाइरसको संक्रमण भने बढ्दो छ ।

राष्ट्रपतीय चुनावको मतपरिणाम सबैको ध्यान केन्द्रित भइरहँदा त्यहाँ दैनिक संक्रमण वृद्धिमा नयाँ कीर्तिमान कायम हुँदै गएको ।

त्यहाँ दुई दिनयता लगायतार एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

बिहीबार एकैदिन १ लाख १ हजार ७७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अमेरिकामा शुक्रबार पनि एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ११ हजार ८९७ जनामा संक्रमण भएको छ । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९९ लाख १३ हजार २१५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६३ लाख ३५ हजार १४२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ३३ लाख ३७ हजार १६३ जनामध्ये १८ हजार ७४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ४० हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ४० हजार ९१० पुगेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ६ : १० बजे

ओलीको सम्बोधनलाई टिप्पणी गर्दै सांसद् थापाले भने, आवेग र कुण्ठामा सहानुभूति मात्रै दिन सकिन्छ 

काठमाडौं- नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले प्रश्नको जवाफ दिन सकिने

उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्तावविरुद्ध रूस र चीनको भिटो

काठमाडौँ- उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषद्मा प्रस्तुत

सरकारको नीति कार्यक्रम ‘चौबाटोको बटुवा’ र ‘कुहिरोको काग’– गोकर्ण विष्ट

काठमाडौँ– नेकपा एमालेका सचिव तथा सांसद गोकर्ण विष्टले सरकारको नीति

राप्रपा स्थानीय तह निर्वाचनमा एक्लै लडेको हो : अध्यक्ष लिङ्देन

मोरङ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्थानीय तह निर्वाचनमा

जुन १ बाट सांघाईमा लकडाउन हट्दै

काठमाडौँ- दुई महिनादेखि कोभिड–१९ को लकडाउनबाट गुज्रेको चीनको सांघाई महानगरलाई