रोनाल्डोबिनाको खेलमा पोर्चुगलको शानदार जित, क्रोएसिया ४-१ ले पराजित | Khabarhub Khabarhub

रोनाल्डोबिनाको खेलमा पोर्चुगलको शानदार जित, क्रोएसिया ४-१ ले पराजित


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कप्तान क्रिस्टियानो रोनाल्डोबिनै यूईएफए नेसन्स लिगको सुरूवात गरेको पोर्चुगलले क्रोएसियामाथि ४-१ को जित दर्ता गरेको छ ।

नेसन्स लिगको साविक विजेता पोर्चुगलले विश्वकप उपविजेता क्रोएसियामाथि एकपक्षीय खेल प्रदर्शन गर्‍यो ।

पहिलो हाफमा ४१औं मिनेटमा जोआओ क्यान्सेलोले गरेको गोलबाट अग्रता लिएको पोर्चुगलले दोस्रो हाफमा तीन गोल गर्‍यो ।

पोर्चुगलका लागि डीओगो जोटाले ५८औं मिनेटमा अग्रता दोब्बर पारे । उनले राफेल गुरेरोको पासलाई सदुपयोग गरेका थिए ।

७०औं मिनेटमा एटलेटिको म्याड्रिडका युवा फरवार्ड जोआओ फेलिक्सले गोल गरे । खेलको ९०औं मिनेटमा आन्द्रे सिल्भाले पेपेको पासमा गोल गर्दै फराकिलो जीत पक्का गरे ।

क्रोएसियाका लागि इन्जुरी समयको दोस्रो मिनेटमा पेट्कोविचले एक गोल फर्काए । खुट्टाको औँलामा माहुरीले टोकेपछि इन्फेक्सनले मैदान उत्रन नसकेका रोनाल्डोले अर्को खेल पनि गुमाउने सम्भावना रहेको बताइएको छ ।

 

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  १२ : ०८ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा