एप्पलले हटायो ४ हजार ५ सय वटा चिनियाँ गेमिङ एप्स | Khabarhub Khabarhub

एप्पलले हटायो ४ हजार ५ सय वटा चिनियाँ गेमिङ एप्स


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एप्पलले करिब ४५ सय वटा चिनियाँ गेमिङ एप्सहरु आफ्नो एप स्टोरबाट हटाएको छ । चीनमा हालै लागु गरिएको इन्टरनेट नीतिका आधारमा ४५ सय वटा गेम एप्सहरु हटाइएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

नयाँ नीतिमा गेम डेभलपर्सले चीनको एप स्टोरमा कुनै गेम अपलोड गर्नुभन्दा पहिले चिनियाँ निकायबाट अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने नियम छ ।

एप्पलले चिनियाँ सरकारको दबाबका कारण ती एपहरु हटाएको हो ।

एप्पल चाइनाका मार्केटिङ म्यानेजर टड कुहन्सले १ जुलाइदेखि लागु भएको चीन सरकारको नयाँ नियमका कारण कैयन् गेम एप्सहरु हटाएको बताएका छन् ।

चीनमा लागु गरिएको नयाँ नियमका कारण २० हजारभन्दा बढी एप प्रभावित हुनसक्ने जनाइएको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ६ : १० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम