'युवा तथा खेलकुद पत्रकारिता' पुरस्कार चार जनालाई | Khabarhub Khabarhub

‘युवा तथा खेलकुद पत्रकारिता’ पुरस्कार चार जनालाई


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘युवा तथा खेलकुद पत्रकारिता पुरस्कार’बाट चार जना खेलकुद पत्रकार सम्मानित भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले चार जना खेलकुद पत्रकारलाई जनही ५० हजार रुपैयाँ पुरस्कार सहित सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा कान्तिपुर दैनिकका ध्रुव तुलाधर, अन्नपूर्ण पोस्ट दैनिकका रोशन राउत, नेपाल टेलिभिजनका प्रिया लक्ष्मी कार्की र पोखराका खेल पत्रकार केशव पाठक रहेका छन् ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले सोमबार उनीहरुलाई सम्मान गरेका हुन् ।

यसैगरी युवा पत्रकारितातर्फ खगेन्द्र अधिकारी, गीता चिमौरिया, गंगा खड्का, निरक न्यौपाने, रत्ना कुमारी चौधरी र सुष्मा बराइली सम्मानित भएका छन् ।

सञ्चार माध्यमबाट नेपाली खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको हो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ५ : ४३ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा