साउदीमा अलपत्र नेपाली श्रमिक भन्छन्, 'हाम्रो आवाज सरकारले कहिले सुन्ने ?' | Khabarhub Khabarhub

साउदीमा अलपत्र नेपाली श्रमिक भन्छन्, ‘हाम्रो आवाज सरकारले कहिले सुन्ने ?’


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीको क्रममा विभिन्न खाडी मुलुकमा रहेका नेपालीहरुले तत्काल उद्दार गर्न आग्रह गरेका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण उद्योग व्यवसाय बन्द हुँदा आफूहरु कामविहीन भएको भन्दै अवस्था नाजूक बन्दै गएको बताएका छन् ।

उनीहरुले नेपाल सरकारले चाँडो भन्दा चाँडो उद्धार गर्न आग्रह गरेका हुन् । कतिपय कामदारहरुले आफूहरु खाना समेत नपाउने अवस्थामा पुगेको बताएका छन् ।

करिव पाँच महिना पहिले वैदेशिक रोजगारीका लागि साउदी पुगेका श्याम पासवानले खबरहबसँग भने, ‘एक महिनादेखि कोठामा बसेको छु, कम्पनीले न खाना, न त पैसा नै दिएको छ । अवस्था नाजूक बन्दै गएको छ । सरकाले  चाँडै उद्दार गर्ने आशामा छु ।’

उनले आफू लगायत अन्य केही नेपालीहरुको अवस्था दयनीय बन्दै गएको बताए । काेरोनाको त्राससँगै रोग र भोकले विचल्ली हुने अवस्था आएका कारण नेपाल सरकारले उद्दारका लागि उचित पहल गर्नुपर्ने बताए ।

यसैबीच मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासमा नेपाली श्रमिकहरुले आ‍फूहरु अलपत्र परेको भन्दै धर्ना दिएका थिए ।

दुबईको इमिरेट्स क्याब ट्याक्सीमा काम गर्ने नेपाली नागरिकले आफूहरु काम नपाएर अलपत्र परेको भन्दै आफूलाई स्वदेश फर्काउन समेत माग गरेका छन् ।

यो पनि पढौं

१५ नेपाली साउदीमा अलपत्र

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : ०० बजे

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त