नेकपा स्थायी कमिटी बैठक बिहीबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने | Khabarhub Khabarhub

नेकपा स्थायी कमिटी बैठक बिहीबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक भोलि (बिहीबार) बिहान पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयबाट बिहीबार बिहान ११ बजे धुम्बाराहीमा बैठक बस्ने भन्दै स्थयी कमिटी सदस्यहरुलाई खबर गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालयबाट फोन तथा म्यासेजमार्फत बैठक बस्ने समय र बैठक बस्ने स्थानबारे जानकारी गराइएको छ ।

बुधबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच भएको छलफलपछि स्थायी कमिटी बैठकको समय र स्थान तय भएको हो ।

बिहीबार बस्ने स्थायी कमिटीको बैठकका एजेन्डा तय गर्न अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालयको बैठक बसिरहेको छ ।

पछिल्लो समय सरकारले २ वटा अध्यादेश ल्याएपछि बढेको विवादसँगै २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठकको माग गर्दै दुवै अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ४ : ५९ बजे

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार