अलपत्र परेको भन्दै नेपाली श्रमिकद्वारा यूएईस्थित दूतावासमा धर्ना | Khabarhub Khabarhub

अलपत्र परेको भन्दै नेपाली श्रमिकद्वारा यूएईस्थित दूतावासमा धर्ना


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासमा नेपाली श्रमिकहरुले धर्ना दिएका छन् ।

दुबईको इमिरेट्स क्याब ट्याक्सीमा काम गर्ने नेपाली नागरिकले आफूहरु काम नपाएर अलपत्र परेको भन्दै मंगलबार दूतावासमा धर्ना दिएका हुन् । उनीहरुले आफूलाई स्वदेश फर्काउन समेत माग गरेका छन् ।

यूएईको सारजहामा कम्पनीको बेवास्ताले अलपत्र परेका ३० नेपालीमध्ये १७ जना श्रमिक लगेज बाकेरै दूतावासमा पुगेका थिए । यसअघि उनीहरूलाई यूएईकै प्रवासी नेपालीहरूले कोठा खोजेर राखेका थिए । कोठा भाडाको समय अवधि सकिएपछि फेरि अलपत्र हुने अवस्था आएको भन्दै उनीहरु दूतावासको शरणमा पुगेका हुन् ।

यता दूतावासरले एनआरएनएको सहयोगमा सारजाहमा बस्ने व्यवस्ता मिलाएको बताएको छ ।  दूतावासले एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई सारजाहसम्म लैजाने प्रवन्ध पनि मिलाइएको जानकारी दिएको छ ।

उनीहरुलाई लकडाउन खुलेलगत्तै नेपाल फर्किने प्रवन्ध मिलइने समेत दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ९ : ३३ बजे

कक्षा १२ को परीक्षा (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा