‘बागी ३’ र ‘अंग्रेजी मिडियम’ अब हलमा रिलिज नहुने, अनलाइनमा हेर्न सकिने | Khabarhub Khabarhub

‘बागी ३’ र ‘अंग्रेजी मिडियम’ अब हलमा रिलिज नहुने, अनलाइनमा हेर्न सकिने


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण नेपालमा मात्र होइन, सारा विश्वमा नै यसको प्रभाव परेको छ । सरकारको लकडाउनका कारण सिनेमा हलहरु बन्द छन् । फिल्म छायांकन र अन्य कामहरु पनि पूर्णत बन्द गरिएका छन् ।

हिन्दी फिल्म ‘बागी ३’ र ‘अंग्रेजी मिडियम’ पनि रिलिजका क्रममा हुँदा नै हलबाट उत्रिएका थिए । बलिउडमा पनि कोरोना भाइरस फैलन सक्ने भन्दै हलहरु बन्द गरिएको थियो ।

अझ अहिले त भारतमा पनि लकडाउन गरिएको छ ।

लकडाउनका कारण यी दुई फिल्म पुनः हलमा रिलिज गरिने अनुमान गरिएको थियो । दर्शक पनि हलमा फिल्म लाग्नेमा विश्वस्त थिए । तर, मेकर्सले अब यी फिल्म हलमा रिलिज नहुने बताएका छन् ।

दुवै फिल्म अब अनलाइन प्लेटफर्ममा रिलिज गरिनेछन् । जहाँ दर्शकले फिल्म हेर्न पाउनेछन् ।

इरफानको फिल्म ‘अंग्रेजी मिडियम’ १३ मार्चमा रिलिज भएको थियो । यसको केही हप्तामै भारत सरकारको आदेश अनुसार फिल्म हल बन्द गरिएको थियो ।

यस्तै ६ मार्चमा रिलिज भएको टाइगर श्राफको फिल्म ‘बागी ३’ ले पनि बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको थियो । सरकारले हल बन्द गर्न आदेश दिएपछि फिल्मको प्रदर्शन रोकिएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ११ : ५३ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड