लकडाउन लम्ब्याउने तयारी, निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै | Khabarhub Khabarhub

लकडाउन लम्ब्याउने तयारी, निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना भाइरसका दोस्रा संक्रमित देखिएपछि गत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

पहिलो चरणको लकडाउन चैत्र १८ मा सकिएपछि २५ गते मध्यारातिसम्म बढाइएको लकडाउन भोलि सकिदैछ । त्यसअघि नै यसबारे आज अपरान्हको मन्त्रिपरिषद् बैठकले निर्णय लिने प्रधानमन्त्रीका पेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

स्वास्थ्य विज्ञहरुले लकडाउन कम्तिमा एक हप्ता बढाउन सरकारलाई सुझाव दिएका छन् भने कोभिड – १९ रोकथाम तथा नियन्त्रण समितिले समेत लकडाउन लम्ब्याउन सरकारलाई सुझाव दिएको छ ।

भारत सरकारले लगाएको २१ दिनको लकडाउन बुधबार सकिनेछ । त्यसैलाई पुनरविचार गरेर नेपालले पनि आवश्यक निर्णय गर्ने बताइएको छ ।

‘जोखिम बढेको छ, अव भारतजस्तै गरी यता पनि सतर्कता अपनाउन हामीले सुझाव दिएका छौँ,’ उच्चस्तरीय समन्वय समितिका सदस्यसचिव नारायणप्रसाद बिडारीले भने, ‘यसबारे सम्माननीय ज्यूले आज बैठक राख्नु भएको छ, आवश्यक निर्णय त्यतैबाट हुन्छ।’

 

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १० : ०६ बजे

जीब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा