विश्व शान्तिका लागि सेना खटाउने देशमध्ये नेपाल चौथो स्थानमा | Khabarhub Khabarhub

विश्व शान्तिका लागि सेना खटाउने देशमध्ये नेपाल चौथो स्थानमा


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापनाका लागि फौज पठाउने १ सय २२ देशमध्ये नेपाल चौथो स्थानमा उक्लिएको छ ।

यसअघि पाँचौं स्थानमा रहेको नेपाल १ जनवरी २०२० यतादेखि नेपाल चौथो स्थानमा उक्लिएको हो ।

हाल विश्वका १२ वटा द्वन्द्वग्रस्त मुलुकहरुमा नेपाली सुरक्षाकर्मी शान्ति सेनाको रुपमा तैनाथ छन् । नेपालबाट हाल ५ हजार ६ सय ५८ जना सुरक्षाकर्मीहरु शान्ति सेनाको रुपमा परिचालित छन् ।

शान्ति सेनाका रुपमा नेपाली सेनाबाट ५ हजार ९६ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट ५ सय ६२ सुरक्षाकर्मी परिचालित छन् ।

पहिलोपटक सन् १८५८ मा युनाइटेड नेशन्स अब्जर्भेसन ग्रुप इन लेबनान (युएनओजीआईएल) मिसनमा नेपाली सेनाको तर्फबाट ५ जना सैनिक पर्यवेक्षक सहभागी भएका थिए ।

हालसम्म १ लाख २९ हजार ८ सय ९९ जना सैनिकहरुले शान्ति मिसनमा सहभागिता जनाइसकेका छन् ।

नेपाली सेनाका तर्फबाट १ हजार ४ सय १ जना महिला सैनिक समेत शान्ति सेनाको रुपमा खटिसकेका छन् । हाल १ सय ८१ जना महिला सैनिक विभिन्न मिसनहरुमा कार्यरत छन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा नेपालबाट शान्ति सेनाका रुपमा खटिएका ६५ जना सैनिकले सहादत प्राप्त गरेका छन् भने ६६ जना शक्त घाइते भएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ६ : ०९ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक