धुर्मुस-सुन्तलीले बनाउँदै गरेको रंगशाला निर्माणका लागि आयोजित महायज्ञमा उठ्यो एकै दिन ५ करोड | Khabarhub Khabarhub

धुर्मुस-सुन्तलीले बनाउँदै गरेको रंगशाला निर्माणका लागि आयोजित महायज्ञमा उठ्यो एकै दिन ५ करोड


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी ‘धनधान्याचल महोत्सव’ महायज्ञमा एकै दिन ५ करोड दान दक्षिणा संकलन भएको छ ।

बिहिबार मात्रै करिब पाँच करोड संकलन भएको सांसद समेत रहेका संयोजक विजय सुवेदीले जानकारी दिए । उनले महायज्ञमा सहभागी जनाउने र सहयोग गर्नेको उत्साही रहेको जनाए ।

जिल्ला समन्वय समिति चितवनले २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैंया सहयोग गरेको छ । यस्तै चितवनको पोल्ट्री क्षेत्रबाट एक करोड सहयोगको घोषणा गरिएको छ । नेपाल पोल्ट्री महासंघका केन्द्रिय अध्यक्ष गुणचन्द्र बिष्टले १ करोड सहयोगको घोषणा गरेका हुन् । उनले महायज्ञस्थलमा पुगेर ५० लाख नगद दिएका छन् भने बाँकी रकम छिट्टै पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

यसैगरी चितवनका उद्योगी व्यवसायीको तर्फबाट ६३ लाख सहयोग गरिएको छ । माडी नगरपालिकाले ३० लाख रंगशाला निर्माणका लागि सहयोग गरेको छ ।

रंगशाला निर्माणार्थ सहयोगका लागि आयोजना गरिएको महायज्ञमा बुधबार एक करोड आर्थिक संकलन भएको थियो । महायज्ञ आउँदा माघ २६ गतेसम्म चल्नेछ ।

महायज्ञबाट रु ५० करोड संकलन गर्ने लक्ष्य रहेको समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए । मूल वाचकका रुपमा पण्डित दिनबन्धु पोख्रेल छन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ६ : ०७ बजे

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।