काठमाडौंमा ओपो फोनको दोस्रो सेवा केन्द्र सञ्चालनमा | Khabarhub Khabarhub

काठमाडौंमा ओपो फोनको दोस्रो सेवा केन्द्र सञ्चालनमा


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोबायल उत्पादक कम्पनी ओपोले काठमाडौंमा आफ्नो दोस्रो कस्टमर केयर सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । आफ्नो सेवामा  थप उत्कृष्टता प्रदान गर्न तथा उपभोक्तालाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि नयाँ कस्टमर सर्भिस सेन्टर ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीले काठमाडौंका सीटीसी मलमा आफ्नो दोस्रो सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । सेवा केन्द्रले नेपाली बजारमा बिक्री गरिएका ओपो फाेनका लागि बिक्री पछिको सेवा उपलब्ध गराउने छ ।

सीटीसी मलको पाँचौँ तल्लामा यूनिट्स ६०६ र ६०६ (ए) मा अवस्थित नयाँ सेवा केन्द्रले हप्ताको ६ दिन आईतबारदेखि शुक्रबार विहानको १० बजेदेखि बेलुकी ६ बजे सम्म उपभोक्तालाई मर्मत लगायत बिक्री पछिको सेवा उपलब्ध गराउने छ ।

उपभोक्ताको सहजताका लागि कम्पनीले टोलफ्री नम्बर १६६००१८८८८६ पनि सञ्चालनमा ल्याएको छ । ओपो मोबाइलसम्बन्धी आफ्ना समस्याका समाधान तथा जिज्ञासाको समाधानका लागि उक्त टोलफ्री नम्बरमा सम्पर्क गर्न सकिने छ ।

साथै, उपभोक्ताले आफ्ना समस्या तथा जिज्ञासाका लागि सेवा केन्द्रको मोबाइल नम्बर ९८०८१३०४१७ र ९८५१२१०६२३ मा पनि सम्पर्क गर्न सक्नेछन् ।

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओ र टेलीसेल प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार अग्रवालले संयुक्त रुपमा सेवा केन्द्रको उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबीले भने, ‘उपभोक्ताहरु हाम्रा उत्पादनमार्फत पूर्ण रुपमा सन्तुष्ट होउन् भन्ने हाम्रो चाहना हो । हामी उत्पादनको विक्रि संख्यामा मात्र केन्द्रित नभइ तिनको विक्रि पछिको सेवामा समेत उत्तिकै ध्यान दिने  गर्छौं । काठमाडौंमा सञ्चालनमा ल्याइएको नयाँ सेवा केन्द्रमार्फत हामी आफ्ना उपभोक्ताको सन्तुष्टि र अनुभवमा थप उत्कृष्टता ल्याउन सक्षम हुने हाम्रो विश्वास छ ।’

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  १२ : २२ बजे

प्रधानमन्त्री प्रचण्ड र एडीबीका उपाध्यक्षबीच भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडीबी)का उपाध्यक्ष

कर्णालीमा आगलागीबाट ५५ जनाको मृत्यु

काँक्रेविहार– कर्णाली प्रदेशमा विगत चारवर्षमा आगलागीबाट ५५ जनाको मृत्यु भएको

कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई

प्रधानमन्त्री दाहाल मोरङमा

सुन्दरहरैचा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन्

बीए पहिलो वर्षमा फेल भइन् शान्ता चौधरी, पास हुनेलाई दिइन् बधाई

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्वसांसद शान्ता चौधरी बीए पहिलो