कतार भिसा सेन्टर १० डिसेम्बरबाट सञ्चालन हुँदै | Khabarhub Khabarhub

कतार भिसा सेन्टर १० डिसेम्बरबाट सञ्चालन हुँदै


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- काठमाडौँस्थित महाराजगञ्जमा रहेको कतार भिसा सेन्टर (क्यूभिसी) आगामी १० डिसेम्बर अर्थात् मंसिर २५ गतेबाट फेरि सञ्चालनमा आउने भएको छ ।

कोरोना महामारीका करण बन्द रहेको भिसा सेन्टरले अहिले एपोइन्टमेन्टका लागि बुकिङ खुल्ला गरिसकिएको सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएको छ ।

भिसा सन्दर्भ नम्बर र भिसा केन्द्रमा आवेदकको पासपोर्ट नम्बर, आवेदकहरूको छनौट गरेको मिति र समय प्रयोग गरेर कतार भिसा सेन्टरको वेबसाइट मार्फत अपोइन्टमेन्ट बुक गर्न सकिने जनाएको छ ।

भिसा सेन्टरले रोजगारीका लागि कतार आउने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप सेवा दिनेछ । यसका अलावा सेन्टरमा कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रक्रिया पूरा गर्न पाउनेछन्।

यसैगरी सेन्टरमा कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका कामहरु पनि हुनेछन्। यसअघि ती सबै काम कतारमै हुने गरेको थियो।

अब यी सबै काम नेपालबाट पूरा हुनेछ । जसका कारण नेपाली कामदारले कतार आइपुग्नासाथ आफ्नो परिचयपत्र पाउनेछन् ।

सेन्टर आइतवार देखि बिहिबारसम्म बिहान ८:३० देखि साँझ  ४:३० बजेसम्म संचालन हुने जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ७ : ५० बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक