यी हुन् संसारकै महंगा उत्कृष्ट पाँच भवन | Khabarhub Khabarhub

यी हुन् संसारकै महंगा उत्कृष्ट पाँच भवन


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वव्यापीकरण भएसँगै संसार निकै सानो भइसकेको छ । अब संसारका एक छेउका बारेमा अर्को छेउमा तुरुन्तै थाहा हुने भइसकेको छ ।

संसारमा यस्ता सुन्दर चिज छन् कि, जसका बारेमा सबैले जान्न चाहेका हुन्छन् । यस्तै संसारमा महंगा भवनहरु पनि छन् ।

आज भने हामीले संसारका पाँच महंगा भवनहरुका बारेमा चर्चा गरेका छौं:

अबराज अल बैत

साउदी अरबको मक्कामा रहेको यो भवन १२० तला अग्लो छ । यो सुविधासम्पन्न होटलको निर्माण शुरु भएको ८ वर्षपछि सम्पन्न भएको थियो ।

यसको निर्माण सन् २००४ मा थालिएको थियो ।

विश्वको ध्यान तान्ने यो भवनको उचाइ ०१ मिटर अग्लो रहेको छ भने यसमा ४३ मिटर लामो घडी राखिएको छ । जुन घडीलाई विश्वकै अग्लो घडी मानिएको छ ।

उक्त घडीलाई पक्का रोयल क्लक नाम दिइएको छ ।

मरीना बे स्यान्डस

यो भवन सिंगापुरमा रहेको छ । पर्यटकको आकर्षक स्थलका रुपमा मानिएको यो भवनलाई महंगो रिसोर्टका रुपमा लिने गरिन्छ ।

यो भवनमा रेस्टुरेन्ट, होटल, थिएटर, प्रदर्शनी सेन्टर लगायत मनोरञ्जन स्थल छन् ।

५.५ बिलियन डलरमा निर्माण भएको यो भवनमा ५ तला छन् भने भवन २०० मिटर अग्लो छ ।

रिसोर्ट वर्ल्ड सिन्टोसा

यो भवन पनि सिंगापुरमै रहेको छ । यसको निर्माण ४.९३ बिलियन डलरमा भएका हो । ५० हेक्टर क्षेत्रफलमा फैलिएको यो भवनमा विश्वकै सबैभन्दा महंगो क्यासिनोहरुमा तेस्रो नम्बरमा पर्ने क्यासिनो छ ।

इमिरेट्स प्यालेस

युएईको आबुधाबीमा रहेको यो भवन ६० मिटर अग्लो छ । ब्रिटिस आर्किटेक्सको डिजाइनमा तयार पारिएको यो भवनमा३.९० बिलियन डलर लगानी लागेको थियो ।

कोस्मोपोलिटन

यो भवन अमेरिकाको लस भेगासमा रहेको छ । ५२ तला रहेको उत्तः भवन ३९ बिलियन डलरमा निर्माण गरिएको हो ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ५ : ०० बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको