मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : संकट आउन सक्छ सामना गर्न तयार हुनुहोस् « Khabarhub

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : संकट आउन सक्छ सामना गर्न तयार हुनुहोस्


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ ।

दुई अध्यक्षबीच झण्डै डेढ घण्टा वार्ता भएपनि के-के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन । दुई अध्यक्षले पार्टीभित्र देखिएको संकट निवारणका लागि छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर आजको छलफलले कुनै निष्कर्ष भने निकालेको छैन ।

आजको छलफलमा पनि अध्यक्ष प्रचण्डले भेटमा प्रचण्डले सचिवालय बैठक राख्नुपर्ने अडान दोहोर्‍याएका थिए । बैठक बोलाउन ओली सकारात्मक भएको एक नेताले बताए ।

दुई अध्यक्षबीचको भेटअघि आजै मन्त्रिपरिषद बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री ओलीले पार्टीमा संकट आउन लागेको भन्दै त्यसको सामानाका लागि तयार हुन मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ३ : ०५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना