साम्राज्ञीको आरोप सेलाउन नपाउँदै भुवनमाथि अर्को आरोप ! | Khabarhub Khabarhub

साम्राज्ञीको आरोप सेलाउन नपाउँदै भुवनमाथि अर्को आरोप !


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले निर्माता तथा अभिनेता भुवन केसीले आफूमाथि ‘घिनलाग्दो व्यवहार’ गरेको आरोप लगाइन् । ‘पर्भट’ भन्दै आरोप लगाएपछि भुवन विवादमा तानिएका छन् ।

साम्राज्ञीले ५ वर्षअघि फिल्म ‘ड्रिम्स’ मा काम गर्ने क्रममा भुवनले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाइन् । उनले एक भिडियो शेयर गर्दै शुरुका ३ वटा फिल्ममा अभिनय गर्दा ‘नराम्रो व्यवहार’ भोगेको बताएकी थिइन् ।

उनको आरोपपछि भुवनले सामाजिक सञ्जाल फेसबूकमार्फत ‘जुन थालमा खायो, त्यही थालमा दुला पारेको’ भन्दै अभिव्यक्ति दिएका थिए ।

भुवनको उक्त अभिव्यक्तिपछि साम्राज्ञीले पुनः अर्को भिडियो सार्वजनिक गर्दै भुवनबाट ‘घिनलाग्दो व्यवहार’ को शिकार भएको बताएकी थिइन् । उनले भुवनलाई ‘पर्भट’ भएको बताएकी थिइन् ।

साम्राज्ञीले भुवनमाथि जापानमा आयोजना गरिएको अवार्ड समारोहका बेला नजिक टाँसिन आएर ‘तँ त मेरो प्रडक्ट होस्’ भन्दै दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् ।

उनको यो आरोपपछि भुवनले नेपाल चलचित्र कलाकार संघमा छानबिनका लागि भन्दै निवेदन दिएका छन् । उनले साम्राज्ञीलाई साइबर क्राइममा उजुरी हाल्ने चेतावनी समेत दिएका छन् ।

यता साम्राज्ञीको मुद्दा सेलाउन नपाउँदै भुवनले एक युवतीलाई ‘राम्री’ भन्दै च्याट गरेको भिडियो सार्वजनिक भएको छ । क्यानडामा बस्दै आएकी स्वेता रेग्मीले भुवनको व्यवहारमा प्रश्न उठाउँदै उनीसँगको च्याटको स्किृनशट शेयर गरेकी छिन् ।

उक्त च्याटमा भुवनले स्वेतालाई फिल्म खेलाउने ‘प्रस्ताव’ गरेको देखिन्छ । स्वेताले लाइभ भिडियोमार्फत भुवनको व्यवहार राम्रो नभएको प्रतिक्रिया जनाएकी छिन् ।

‘साम्राज्ञीको विषयमा पनि कतिले अहिले आएर किन भनिरहेको भनेर प्रश्न गरिरहेका छन्, उनलाई यतिबेला ठीक लाग्यो होला, यो त हाम्रो अधिकारको कुरा पनि हो,’ स्वेताले भिडियोमार्फत साम्राज्ञीको समर्थन गर्दै भनेकी छिन् ।

स्वेताले भुवनले आफूलाई फेसबूकमा रिक्वेस्ट पठाएको र कुरा गर्नासाथ फिल्मको अफर गर्दै रुपको चर्चा गरेको बताएकी छिन् ।

‘यी व्यक्तिले मलाई फ्रेन्ड रिक्वेस्ट पठाए, मैले फेक हो कि रियल खाता हो भनेर सोधें, उनले भेरिफाइ गर्न भिडियो कल गर्न भने,’ स्वेताले भनेकी छिन्, ‘मैले पक्का गर्न फोन गरें, उनी थिए ।’

भुवनले दोस्रो दिन बिहान म्यासेज गरेर फिल्मका लागि प्रस्ताव गरेको बताइन् । भुवनले गरेको म्यासेजमा पनि ‘तिमी राम्री र बोल्ड छौ’ भनेर लेखेको देख्न सकिन्छ ।

स्वेताले भुवन व्यावसायिक व्यक्ति भएर पनि भिडियो कल गर्दा सोफामा सुतेर कुरा गरिरहेको, बिहान म्यासेज गरेर सीधै राम्री छौ भन्दा उनको व्यवहार र नियतमाथि प्रश्न उठाएकी छिन् ।

स्वेताले भिडियो सार्वजनिक गरेपछि कतिपयले आश्चर्य प्रकट गरेका छन् । भुवनको नियतलाई लिएर सामाजिक सञ्जालमा प्रश्न उठेको छ ।

साम्राज्ञीले उठाएको विषयको अन्य नायिकाहरुले पनि समर्थन गरेका छन् । नायिका ऋचा शर्मा, सुरक्षा पन्त, केकी अधिकारी लगायतले साम्राज्ञीलाई समर्थन गरेका छन् ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १ : १३ बजे

प्याब्सनको गैरकानुनी माग : अग्रिम जानकारी नदिई वाणिज्य विभाग अनुगमनमा नआओस्

काठमाडौं– निजी तथा आवासीय विद्यालयको छाता सङ्गठन (प्याब्सन) ले अग्रिम

जलवायु परिवर्तनका असर न्यूनीकरणमा संयुक्त राष्ट्रसंघ सहकार्य गर्न तयार

काठमाडौं– संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमका प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री एवम् शहरी

संसदमा गृहमन्त्रीको प्रष्टोक्ति- तीनकुने घटना अपराधकर्म हो, धर्म वा आस्थासँग नजोडौँ 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको

भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने उपसमिति विवादमा, योगेश र अमरेश नबस्ने, मनिष पनि असन्तुष्ट

काठमाडौं- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे भ्रष्टाचारको छानबिन गर्न

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण

लमजुङ– नेपाली महिला फुटबल टोलीकी चर्चित फुटबल खेलाडी सावित्रा भण्डारीको