लकडाउनका बेला विवाद र ट्रोलको सिकार बन्ने बलिउड सेलिब्रेटी को को ? | Khabarhub Khabarhub

लकडाउनका बेला विवाद र ट्रोलको सिकार बन्ने बलिउड सेलिब्रेटी को को ?


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुनत बलिउड सेलिब्रेटी प्रायः सँधैजसो चर्चामा नै रहन्छन् । अक्सर उनीहरुले सामाजिक सञ्जालमा हेटर्सको ट्रोलको पनि सामना गर्नुपर्दछ । तर लकडाउनका बेला पनि सामाजिक सञ्जालमा सक्रिय केहि सेलिब्रेटी विवादमा आएका छन् ।

कुनै पार्टी, इभेन्टमा नगई पनि घर बसिबसि विवादमा परेका सेलिब्रेटी को को हुन् ?

अनुष्का शर्मा

लकडाउनका बेला बलिउड अनिनेत्री अनुष्का शर्माको प्रोडक्सनमा बनेको वेब सीरीज पाताल लोक रिलिज भएको थियो । यस सीरीजलाई मानिसहरुले अत्यन्त रुचाएका थिए । तर पनि यो ट्रोलको सिकार भयो । शोको केहि दृष्यमा नेपाली भाषीप्रति र जातियतामा प्रहार गरेको भन्दै मुद्दा नै दर्ता भयो । अनि प्रोड्यूसर अनुष्का शर्माको ट्रोल बन्यो ।

एकता कपुर

एकता कपुरको वेभ सीरीज एक्सएक्सएक्स २ (XXX 2) मा आर्मी युनिफर्मको अपमानको आरोपमा उनको ट्रोल बनेको छ । सामाजिक सञ्जालमा एकताका हेर्टसले ट्रोल सेयर गरेका हुन् । बिगबोस फेम हिन्दुस्तानी भाऊले एकता र शोभा कपुरविरुद्ध उजुरी नै दर्ता गराए । भारतमा यस सीरीज र एकताको विरोध भएको छ ।

देवोलीना/मयुर

लकडाउनको समयमा भारतीय टेलिभिजनका सिरियलमा संस्कारी बुहारीको छबि बनाएकी देवोलीना भट्टाचार्जी पनि विवादको घेरामा परेकि छन् । कलाकार मयुर बर्माले साइबर सेलमा देवोलीनाले आफ्नो करियर र इमेजमा क्षति पुर्‍याएको भन्दै उजुरी गरेका थिए ।

देवोलीनाले मयुरलाई मजाक बनाइएको एक तस्वीरलाई ट्विटरमा लाइक गरेकि थिइन् । जसलाई देवोलीनाका हेर्टसले ट्रोल बनाए ।

अनुराग बसु अर्थात पार्थ समथान

भारतीय टेलिभिजनको चर्चित सिरियल कसौटी जिन्दगीकी २ का पात्र अनुराग बसु अर्थात पार्थ समथानको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

जसमा उनी पुल पार्टीमा देखिएका छन् । भिडियो भाइरल भएपछि पार्थको ट्रोल शुरु भएको छ । हुन चाहिँ भाइरल भिडियो लकडाउन अघिको हो वा पछिको हो त्यसबारे भने यकिन गरिएको छैन ।

फैजल शेख

भारतीय टिकटक आर्टिस्ट फैजल शेख पनि विवादित भिडियोका कारण कैयौं ब्यक्तिको निशानामा परेका छन् । फैजलविरुद्ध एक वकिलले उजुरी दर्ता गराएका थिए । वकिलको आरोप थियो कि फैजलको भिडियो घरेलु हिंसा र महिलाको शोषणलाई बढावा दिने खालको छ । सोहि भिडियोका कारण फैजलको चर्को अलाोचना भएको थियो ।

फैजल सिद्दीकी

टिकटक आर्टिस्ट फैजल सिद्दीकीको पनि भिडियो विवादमा परेको छ । उनले एक भिडियो सेयर गरेका थिए । जसमा उनले एक युवतीको अनुहारमा लिक्विड फ्याकेका थिए । जसमा युवतीको अनुहार बिग्रिएको देखाइएको थियो । फैजल माथि एसिड आक्रमणलाई बढावा दिने आरोप लागेसँगै उनको चर्को विरोध भयो र अन्ततः उनको एकाउन्ट नै डीएक्टिभ भयो ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ११ : ४९ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक