अमेरिकामा महात्मा गान्धीको प्रतिमा तोडफोड | Khabarhub Khabarhub

अमेरिकामा महात्मा गान्धीको प्रतिमा तोडफोड


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- प्रदर्शनकारीले अमेरिकास्थित भारतीय दूतावास अगाडि रहेको महात्मा गान्धीको प्रतिमा तोडफोड गरेका छन् ।

अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोयड हत्याको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले महात्मा गान्धीको प्रतिमा तोडफोड गरेका हुन् ।

अश्वेत अमेरिकी नागरिकको प्रहरी हिरासतमै मृत्यु भएपछि अमेरिकामा आन्दोलन चर्काइएको छ ।

प्रतिमामा आक्रमण गरेर तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको र पत्ता लगाएर कानुनअनुसार कारवाही गरिने अमेरिकी प्रहरीले जनाएको छ ।

गत मे महिनाको २५ मा अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मिनियापोलिसमा मृत्यु भएको थियो ।

अश्वेत ती व्यक्तिलाई अमेरिकी प्रहरीले हत्या गरेको आरोप लागेको छ ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ११ : १८ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार