अन्तरिक्षमा लाने केटीको खोजीमा जापानी डिजाइनर | Khabarhub Khabarhub

अन्तरिक्षमा लाने केटीको खोजीमा जापानी डिजाइनर


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जापानका प्रख्यात फेसन डिजाइनर युसाकु मियाजावा।

फेसनबाटै अर्बपति भएका उनका सपना अनेकखाले छन । त्यस्ता अनेकखाले सपनामा उनको पछिल्लो  महत्वकांक्षी सपना हो अन्तरिक्षमा डुल्ने त्यो पनि केटीका साथ ।

चर्चित व्यवसायी एलेन मस्कको कम्पनी स्पेस एक्सले अन्तरिक्ष पर्यटन शुरु गर्ने दिन नजिकिदै जाँदा उनको मन अत्तालिन थालेको छ।

यत्रो टाढाको यात्रा, त्यो पनि एक्लै भनेर उनि चिन्तित छन । त्यसैले आफूसँगै कोही सुन्दरी हिँडिदिए जाती हुन्थ्यो भन्ने कामनाका साथ उनले केटी खोजिरहेका छन ।

४४ वर्षे मियाजावा सन् २०२३ मा पहिलो पर्यटक चन्द्रमाको छेउ पुगेर आउने योजनामा छन् ।

यति ‘विशेष यात्रा’ एक्लै जानु पर्दा उनी हल्का विस्मातमा परेका छन्। त्यसैले त उनले ट्वीटरमा लेखेका छन्, ‘मसँग चन्द्रमासम्म पुग्ने ‘पहिलो महिला’ बन्न कोही इच्छुक छ ?’

उनले आफूसँग जाने कोही २० वा २० वर्षभन्दा माथिको केटी साथी खोजिरहेका छन्। हालै प्रसारित एउटा टेलिभिजन डकुमेन्ट्री ‘फुल मुन लभर्स’मा समेत उनले यही कुरा दोहोर्‍याएका छन ।

केही महिनाअघि मात्र २७ वर्षीया अभिनेत्री अयामी गोरिकीसँग उनको सम्बन्ध विच्छेद भएको थियो । ‘म उनीसँग अन्तरिक्षमा चिच्याउन चाहन्छु,’ उनले ट्वीटरमा लेखेका छन्।

आउँदो २५ र २६ तारिखमा मा आफूसँग जान चाहने युवतीको परिक्षण गर्ने समेत उनले जनाएका छन ।

जोजो नामक फेसन कम्पनी चलाइरहेका मियाजावाले यस यात्राका लागि करिब १.४ बिलियन पाउन्ड खर्च गरिसकेका छन्।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ७ : ०८ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई